
सुर्खेत । चौकुने गाउँपालिका–६ स्थित वनडाल सामुदायिक वनको ओडारमा लुकाइराखिएको अवस्थामा प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ। अवैध हातहतियार लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार साँझ ६ः१५ बजे एकनाले भरुवा बन्दुक बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सुर्खेत, २७ साउन । सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा श्रीमानले आफ्नै श्रीमतीमाथि पेट्रोल छर्किएर आगो लगाउँदा उनी गम्भीर घाइते भएकी छन्। सुर्खेत प्रहरीका अनुसार स्थानीय ४९ वर्षीय जयबहादुर रानाले ५० वर्षीया श्रीमती महेश्वरी रानामाथि साउन २६ गते साँझ करिब ५ बजे पेट्रोल छर्किएर आगो लगाएका हुन्। आगलागीपछि उनीहरूकी १८ वर्षीया छोरी पुष्पा रानाले आगो निभाएकी थिइन्। आगोले महेश्वरीको अनुहार, घाँटीसहित शरीरका विभिन्न भाग गरी करिब ३५ देखि ३६ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। घाइते महेश्वरीलाई छोरी पुष्पाले साँझ ६ः१५ बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएकी थिइन्। अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि साँझ ६ः४० बजे नेपालगन्ज रिफर गरेको थियो। थप उपचारका लागि उनलाई भारतको लखनउ लगिएको जनाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सुर्खेत, २७ साउन । सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा श्रीमानले आफ्नै श्रीमतीमाथि पेट्रोल छर्किएर आगो लगाउँदा उनी गम्भीर घाइते भएकी छन्। सुर्खेत प्रहरीका अनुसार स्थानीय ४९ वर्षीय जयबहादुर रानाले ५० वर्षीया श्रीमती महेश्वरी रानामाथि साउन २६ गते साँझ करिब ५ बजे पेट्रोल छर्किएर आगो लगाएका हुन्। आगलागीपछि उनीहरूकी १८ वर्षीया छोरी पुष्पा रानाले आगो निभाएकी थिइन्। आगोले महेश्वरीको अनुहार, घाँटीसहित शरीरका विभिन्न भाग गरी करिब ३५ देखि ३६ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। घाइते महेश्वरीलाई छोरी पुष्पाले साँझ ६ः१५ बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएकी थिइन्। अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि साँझ ६ः४० बजे नेपालगन्ज रिफर गरेको थियो। थप उपचारका लागि उनलाई भारतको लखनउ लगिएको जनाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सुर्खेत, श्रावण १४ — सामाजिक सञ्जालमार्फत भ्रामक भिडियो तथा फोटो सार्वजनिक गरी धार्मिक आस्थामा नकारात्मक असर पारेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ निवासी २४ वर्षीय समीर थापा रहेका छन्। उनले आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार थापाले सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री प्रसारण गर्दै आम नागरिकमा भ्रम सिर्जना गर्ने, धार्मिक आस्थामाथि नकारात्मक प्रभाव पार्ने तथा सामाजिक सद्भावमा असर पुग्ने गतिविधि गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले प्राप्त सूचनाका आधारमा खटिएको टोलीले श्रावण १३ गते राति करिब ८ः३० बजे थापालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिएका छन्।

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–९ स्थित सक्ला बजारबाट ४ किलोग्राम लागूऔषध (अफिम) जस्तो देखिने पदार्थसहित दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१३ निवासी ४० वर्षीया मनकुमारी घर्ती र वडा नं. १८ निवासी ४५ वर्षीया माया घर्ती रहेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार सक्ला बजार क्षेत्रमा अपरिचित व्यक्तिहरूले लागूऔषध (अफिम) को कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी सक्ला र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट सादा पोशाकमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। अाइतवार बिहान करिब ८:३० बजे सक्ला बजारमा उनीहरूको रितपूर्वक खानतलासी गर्दा ४ किलोग्राम अफिम जस्तो देखिने कालो अर्धठोस गिलो पदार्थ, नगद १० हजार ११० रुपैयाँ र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै महिलाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत जाजरकोटबाट पहिलो पटक १० दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिएका छन्।

सुर्खेत, साउन १ । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका चार किशोरमध्ये तीन जनाको घटनामा प्रत्यक्ष संलग्नता नदेखिएको फरेन्सिक (डीएनए र सेरोलोजी) प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनले मुख्य अभियुक्तका रूपमा चिनिएका ‘वीरेन्द्रनगर प’ को मात्र इनिशासँग शारीरिक सम्पर्क भएको पुष्टि गरेको छ भने अन्य तीन किशोर ‘वीरेन्द्रनगर फ’, ‘वीरेन्द्रनगर ध’ र ‘वीरेन्द्रनगर न’ को डीएनएसँग घटनास्थल वा मृतकबाट संकलित कुनै नमुना नमिलेको उल्लेख गरिएको छ। घटनापछि चारै किशोरलाई पक्राउ गरी सामूहिक बलात्कार र हत्या अभियोगमा मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतको आदेशपछि उनीहरू १७ चैतदेखि नेपालगञ्जस्थित बाल सुधार गृहमा पुर्पक्षका लागि थुनामा छन्। तर डीएनए र सेरोलोजी परीक्षणको अन्तिम प्रतिवेदन भने उनीहरू थुनामा परेको करिब तीन महिनापछि मात्रै आएको हो। प्रतिवेदनअनुसार मुख्य अभियुक्त ‘प’ को गुप्ताङ्गको रौँ, शर्ट, सेतो गन्जी, घटनास्थलमा भेटिएको कण्डम र मृतकको नङभित्र भेटिएको पुरुष डीएनए एउटै भएको पुष्टि भएको छ। साथै ‘प’ को शरीर र कपडाबाट संकलित नमुनाहरू पनि इनिशाको शरीर र कपडाबाट संकलित नमुनासँग मेल खाएका छन्। सेरोलोजी परीक्षणमा पनि ‘प’ का विभिन्न नमुनामा मानव रगत भेटिएको र त्यसको डीएनए इनिशासँग मिलेको उल्लेख गरिएको छ। विपरीत, अन्य तीन किशोरको डीएनए इनिशाको शरीर, घटनास्थल वा कण्डमबाट संकलित कुनै पनि नमुनासँग मेल नखाएको तथा उनीहरूको शरीर वा अन्डरवेयरमा रगतको कुनै अवशेष पनि नपाइएको प्रतिवेदनमा उल्लेख छ। घटना २३ फागुनको बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा भएको थियो। इनिशा आफ्ना प्रेमी भनिएका ‘वीरेन्द्रनगर प’ सँग वनमा गएकी थिइन् र त्यसपछि जीवित फर्किन सकिनन्। पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु यौनाङ्गको भित्री भागमा लागेको गहिरो चोटका कारण अत्यधिक रक्तस्रावबाट भएको उल्लेख गरिएको छ। मुख्य अभियुक्त ‘प’ ले प्रहरीसमक्ष दिएको बयानमा यौन सम्पर्कका क्रममा अत्यधिक रक्तस्राव भएपछि आफूले साथीहरूलाई फोन गरेर बोलाएको बताएका थिए। उनले घटनाको जिम्मेवारी आफ्नो भएको स्वीकार गरे पनि अन्य तीन जनालाई मुछेका थिएनन्। तीनै किशोरले पनि छुट्टाछुट्टै बयानमा यही विवरणसँग मिल्ने कुरा बताएका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सीसीटीभी फुटेज र कल डिटेल रेकर्ड विश्लेषण गरी घटनास्थलमा ती तीन किशोर इनिशा बेहोस भएको धेरैपछि मात्र पुगेको निष्कर्ष निकालेको थियो। प्रहरीले सुरुमा मुख्य अभियुक्तलाई बलात्कार र हत्यामा तथा अन्य तीन जनालाई घटनास्थल पुगेर पनि उद्धार नगरेको अभियोगमा मात्रै मुद्दा चलाउन सिफारिस गरेको थियो। तर सरकारी वकिल कार्यालयले चारै जनाविरुद्ध सामूहिक बलात्कार र हत्या अभियोग दर्ता गरेको थियो। फरेन्सिक प्रतिवेदनले प्रहरीको प्रारम्भिक अनुसन्धान र मुख्य अभियुक्तको बयानसँग मेल खाए पनि सरकारी वकिलको सामूहिक बलात्कारको दाबीलाई पुष्टि नगरेको देखिएको छ। यद्यपि डीएनए प्रतिवेदन आफैं अदालतको अन्तिम फैसला नभएको र कसैको डीएनए नभेटिनुको अर्थ घटनामा कुनै भूमिका थिएन भन्ने निष्कर्ष निकाल्न नमिल्ने उल्लेख गरिएको छ। प्रयोगशालाले परीक्षण गरिएका नमुनाका आधारमा मात्रै निष्कर्ष दिएको र केही थप परीक्षण गर्न आवश्यक सुविधा उपलब्ध नभएको पनि प्रतिवेदनमा उल्लेख छ। हालकी जिल्ला न्यायाधिवक्ता तुलसा भण्डारीले अभियोग दर्ता गर्दा फरेन्सिक प्रतिवेदन प्राप्त नभएकाले त्यसलाई सोही सन्दर्भमा हेर्नुपर्ने बताएकी छन्। प्रतिवेदनका आधारमा अभियोग संशोधन नहुने र अब अन्तिम निर्णय अदालतले गर्ने उनको भनाइ छ। मुद्दाको सुनुवाइ जारी रहेकाले हालसम्म अभियुक्त, उनीहरूका साक्षी तथा घटना देखेको वा सुनेको भन्ने व्यक्तिहरूको मात्रै बयान भएको छ। इनिशाकी आमा तिला विकसहित अन्य सरकारी साक्षीको बकपत्र हुन बाँकी छ। तिला विकले आफूलाई अहिलेसम्म फरेन्सिक प्रतिवेदनबारे कुनै आधिकारिक जानकारी नदिइएको भन्दै न्यायमा ढिलाइ भइरहेको गुनासो गरेकी छन्। अर्कोतर्फ, तीन किशोरका परिवारले झुटो अभियोगका कारण आफ्ना छोराहरू मानसिक रूपमा पीडित भएको बताएका छन्।

नजी आन्दोलनका क्रममा कारागार कार्यालय धनगढीबाट फरार रहेका एक जना कैदीबन्दी पक्राउ परेका छन्।

सुर्खेत — बैंकिङ कसूर (चेक अनादर) मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयन अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले प्रतिवादीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पक्राउ पर्नेमा भेरीगंगा नगरपालिलका १ निवासी ३० वर्षीय लक्ष्मण बि.क. रहेका छन्। उनीविरुद्ध बैंकिङ कसूर सम्बन्धी मुद्दामा जिल्ला अदालत सुर्खेतले २०८२ वैशाख १५ गते ६ महिना कैद तथा १० लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो। फैसला पश्चात् फरार रहेका उनलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–११ स्थित शिवशिखर सहकारी नजिकबाट मंगलबार दिउँसो उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका बि.क.लाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला अदालत सुर्खेतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

काठमाडौं । उपचारका लागि अस्पताल लैजाने बहानामा एक कैदीलाई होटलमा लगेर मासु तथा बियर खुवाउनुका साथै युवतीसँग समय बिताउन दिएको आरोपमा दुई प्रहरी कर्मचारीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ। प्रहरीको आन्तरिक छानबिन प्रतिवेदनले प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकले ड्युटीमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको हो। छानबिन समितिले दुवैलाई प्रहरी संगठनबाट बर्खास्त गर्नुपर्ने सिफारिस गरेको जनाएको छ। घटना गत १ जेठको हो। ठगी मुद्दामा कैद भुक्तान गरिरहेका अनुप भण्डारीलाई उपचारका लागि सामाखुसीस्थित अस्पताल लैजाने भन्दै कारागारबाट बाहिर निकालिएको थियो। तर उपचारका क्रममा उनीहरू अस्पतालको सट्टा सामाखुसीस्थित एक गेस्ट हाउसमा पुगेको अनुसन्धानबाट खुलेको छ। छानबिन प्रतिवेदनअनुसार कैदी भण्डारीलाई गेस्ट हाउसमा मासु र बियर सेवन गर्न दिइएको थियो भने एक युवतीसँग केही समय बिताउनसमेत अनुमति दिइएको थियो। उक्त समयमा सुरक्षामा खटिएका दुवै प्रहरी बर्दी र हतियारसहित उपस्थित रहेको तथा कैदीको हतकडीसमेत फुकालिएको उल्लेख गरिएको छ। प्रहरी स्रोतका अनुसार घटनाबारे सूचना बाहिरिएपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) नरहरि रेग्मी नेतृत्वको टोलीले आन्तरिक अनुसन्धान गरेको थियो। अनुसन्धान प्रतिवेदन काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा बुझाइसकिएको बताइएको छ। छानबिनका क्रममा कैदी भण्डारीले पनि अस्पतालमा चिकित्सक उपलब्ध नभएकाले आफूलाई गेस्ट हाउस लगिएको र त्यहाँ मदिरा सेवन गर्न तथा महिलासँग बस्न दिइएको स्वीकार गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा कैदीबन्दीको सुरक्षाजस्तो संवेदनशील जिम्मेवारीमा खटिएका प्रहरी कर्मचारीबाट गैरजिम्मेवार, अनुशासनहीन र संगठनको आचरणविपरीत कार्य भएको ठहर गर्दै कडा कारबाही आवश्यक रहेको औंल्याइएको छ। यस घटनाले सुन्धारा कारागारको सुरक्षा व्यवस्थामाथि थप प्रश्न उठाएको छ। पछिल्लो एक महिनाभित्र उक्त कारागारबाट एक महिला कैदी फरार भएको, महिला बन्दीगृहमा झडप भएको तथा अहिले सुरक्षाकर्मीको संलग्नतामा भएको भनिएको यो घटना सार्वजनिक भएपछि कारागार सुरक्षाको प्रभावकारितामाथि गम्भीर चासो व्यक्त हुन थालेको छ।

जाजरकोट, २१ जेठ । जाजरकोटको भेरी नगरपालिका–१३ कुदु क्षेत्रमा नवजडित ८ थान सीसीटीभी क्यामेरा एक औपचारिक कार्यक्रमका बीच प्रहरीलाई हस्तान्तरण गरिएको छ। “सुरक्षित नागरिक, सुरक्षित समाज” भन्ने मूल नारासहित भेरी नगरपालिका वडा नं. १३ को आर्थिक तथा प्राविधिक सहयोग र प्रहरी चौकी कुदुको समन्वयमा उक्त सीसीटीभी क्यामेरा जडान गरिएको हो। आज बिहान आयोजित कार्यक्रममा भेरी नगरपालिका–१३ का वडा अध्यक्ष यज्ञ बटालाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) बुद्धि सागर पुरीको प्रमुख आतिथ्यतामा सीसीटीभी क्यामेराको शुभारम्भ तथा हस्तान्तरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डीएसपी पुरीले आधुनिक प्रविधिको प्रयोगले अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। स्थानीय तह र प्रहरीबीचको सहकार्यले नागरिकमा सुरक्षाको अनुभूति थप मजबुत बनाउने उहाँको भनाइ थियो। वडा अध्यक्ष बटालाले सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन सीसीटीभी जडान गरिएको जानकारी दिँदै यसको संरक्षण र प्रभावकारी प्रयोगमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, पत्रकार, समाजसेवी तथा सुरक्षाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। नवजडित सीसीटीभी क्यामेराले कुदु क्षेत्रमा हुने आपराधिक गतिविधिको निगरानी, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले सीसीटीभी प्रणाली सञ्चालनमा आएपछि क्षेत्रको सुरक्षा अवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

तेह्रथुम, असार ३ — तेह्रथुममा अनधिकृत रूपमा यार्सागुम्बा सङ्कलन गरेको आरोपमा चार जना पक्राउ परेका छन्। म्याङ्लुङ नगरपालिकाबाट आवश्यक अनुमति नलिई यार्सागुम्बा टिपेको अभियोगमा सङ्खुवासभाको मादी नगरपालिका–९ निवासी जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरका अनुसार पक्राउ परेकाहरूको साथबाट १३ थान यार्सागुम्बा तथा नौ वटा मोटरसाइकल बरामद गरिएको छ। प्रहरीका अनुसार म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा २० देखि २५ जनाको समूहले यार्सागुम्बा सङ्कलन गरिरहेको सूचनाका आधारमा मङ्गलबार प्रहरी टोली परिचालन गरिएको थियो। मोटरसाइकल राखिएको स्थानमा गरिएको जाँचका क्रममा यार्सागुम्बासहित चार जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। डिभिजन वन कार्यालय तेह्रथुमका वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार यार्सागुम्बा सङ्कलन गर्नुअघि तोकिएको राजस्व तिर्न अनिवार्य छ। अनुमति बिना सङ्कलन गरेको पाइएमा प्रतिकिलो ३१ हजार रुपैयाँका दरले जरिवाना लाग्ने व्यवस्था रहेको छ भने प्रतिवटा ३१ रुपैयाँसमेत शुल्क लाग्ने उनले बताए। डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्नी झाका अनुसार यार्सागुम्बा निर्यातबाट वार्षिक करिब तीन लाख रुपैयाँ तथा काठजन्य वन पैदावारबाट चारदेखि पाँच करोड रुपैयाँसम्म राजस्व सङ्कलन हुँदै आएको छ।

दैलेख । दैलेखमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेका छन्। जिल्लाको नारायण नगरपालिका–९ सालखर्कमा ७० वर्षीय कबिराज थापाले ४५ वर्षीय छोरा यादव थापाको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार राति करिब ११ बजे मादक पदार्थ सेवन गरेका कबिराज र यादवबीच सामान्य विवाद भएको थियो। विवादका क्रममा कबिराजले खुर्पा प्रहार गर्दा यादव गम्भीर घाइते भएका थिए। घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनापछि प्रहरीले कबिराज थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

सोमबार, जेठ १८, काठमाडौं । अर्घाखाँचीमा एक जघन्य अपराधको अनुसन्धानमा कमजोरी गरिएको पाएपछि त्यो बेला अनुसन्धान गर्ने अधिकारीमाथि कारबाही हुने भएको छ । तत्कालिन अर्घाखाँची प्रहरी प्रमुख डीएसपी मुकुन्द रिजाल (हाल एसपी) सहित मुद्दा शाखामा कायरत प्रहरी अधिकारीमाथि कारबाही हुने भएको हो । डीएसपी रिजालसहितको टोलीले तीन वर्षअघि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ का ४५ वर्षीय पदम केसीको हत्या अनुसन्धानमा कमजोरी गरेको भेटिएपछि कारबाही हुने भएको हो । घटनाबारे छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी कार्यालय दाङका प्रमुख एसएसपी दिपक पोखरेलको नेतृत्वमा छानबिन समिति बनाएको थियो । सोही समितिको प्रतिवेदनका आधारमा एसपी रिजालसहितको अनुसन्धान टोलीलाई कारबाहीका लागि सिफारिस गरिएको हो । छानबिन समितिले तयार गरेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयको कानुन शाखा पुगेको छ । nabil प्रतिवेदनमाथि कानुन शाखा र अपराध अनुसन्धान विभागले थप विश्लेषण गरेर उनीहरुमाथि कारबाही गर्नेछ । प्रहरी स्रोतका अनुसार त्यो बेला अनुसन्धान गर्ने अधिकारीले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाले छ । नेपाल प्रहरीका सह–प्रवक्ता एसएसपी दिपशमशेर जबराले छानबिन समितिले तयार पारेको प्रतिवेदन अध्ययनको क्रममा रहेको जानकारी दिए । ‘‘समितिले प्रतिवेदन बुझाएको छ । अपराध अनुसन्धान विभागले पनि त्यसबारे हेरिरहेको छ । बाँकी के गर्ने भन्ने अहिले भएको छैन,” उनले भने । हाल एसपी रिजाल कर्णाली ट्राफिक प्रहरी प्रमुखका रुपमा कार्यरत छन् । पदमको २०८० साउन २६ गते शंकास्पद मृत्यु भएको थियो । तर, त्यो बेला प्रहरीले व्यक्ति हत्याजस्तो जघन्य अपराधको अनुसन्धानमै लापरबाही गर्दा करिब तीन वर्षसम्म घटनाले अर्कै मोड लिएको थियो । मुचुल्का उठानमै गम्भीर त्रुटि अपराध अनुसन्धानमा ‘क्राइम सिन’ र मुचुल्ला उठान नै अपराध अनुसन्धानको पहिलो खुट्किलो हो । तर, पदमको मृत्यु प्रकरणमा प्रहरीले मुचुल्का उठान र घटनास्थल सुरक्षामै गम्भीर त्रुटि गरेको पाइएको छ । ४५ वर्षीय पदम केसी २०८० साउन २६ गते बिहान मकैबारीमा गोली लागेको अवस्थामा फेला परे । बायाँ छातीमा गोली लागेर घाइते अवस्थामा भेटिएका पदमलाई तत्काल अर्घाखाँची जिल्ला अस्पताल पुर्याइयो । तर, उनलाई अस्पतालले मृत्यु घोषणा गर्यो । तर, त्यो बेला प्रहरीले बाँदर मार्ने क्रममा पदमले बोकेको भरुवा बन्दुक आफैँ पड्किदा उनको मृत्यु भएको उल्लेख गर्यो । पदमको मृत्यु हुँदा उनीसँगै पदमका दाई निमबहादुर केसीसमेतसँगै थिए । निमबहादुर केसी सहितका केही प्रत्यक्षदर्शीले पदमको मृत्युलाई भबितब्य बनाए । निमबहादुरले घटनालाई मोड्ने गरी विवरण प्रहरीलाई सुनाएका थिए । प्रहरीले निमबहादुरले बताएजस्तै पदमको मृत्युलाई भबितब्य नै बनायो । पदमको मृत्यु शंकास्पद हुनसक्ने कुनै पनि कोणबाट अनुसन्धान गरेन । आफूले बोकेको बन्दुकको गोली आफ्नै छातिमा कसरी लाग्न सम्भव हुन्छ ? भन्ने सामान्य शंकाको घेरामा समेत प्रहरीले राखेन । उल्टै मृतकका छोरा ईश्वर केसीलेसमेत भवितब्य नै हुन सक्ने बताएको प्रहरी बताउँछ । त्यसपछि प्रहरीले पदमको मृत्युलाई अनुसन्धानको दायरामै ल्याएन । तीन वर्षपछि हत्यामा बदलियो मृतक पदम केसीकी छोरा ईश्वरले २०८० मै बुबाको मृत्युलाई अस्वाभाविक मानेका थिए । तर, अनुसन्धान गर्ने निकाय प्रहरीले नै बुबाको मृत्युलाई सामान्य भवितब्य बनाएपछि उनको केही लागेन । बुबाको मृत्युबारे अनुसन्धान गरिदिन प्रहरीलाई आग्रह नै गर्न छाडे । तर, त्यो बेलाका प्रहरी अधिकारीप्रति उनी सन्तुष्ट थिएनन् । अर्घाखाँचीबाट त्यो बेलाका प्रमुख डीएसपी रिजाल सरुवा भएपछि भने उनी निरन्तर प्रहरीलाई आफ्नो बुबाको मृत्युबारे निष्पक्ष अनुसन्धान गर्दिन माग गर्दै पुनः अर्को पुरक जाहेरी दिए । यो बीचमा रिजाल पछि अन्य दुईजना डीएसपीको कार्यकाल पूरा भयो । तर, पदमको मृत्युबारे सत्यतथ्य पत्ता लागेन । घटनाको करिब तीन वर्षपछि भने पदमको मृत्यु भवितब्य नभएर हत्या भएको निस्कर्ष प्रहरीले गर्यो । पदमको मृत्युपछि गरिएको पोष्टमार्टम रिपोर्ट, बन्दुकको गोली आफ्नै छातीमा लाग्नसक्ने सम्भावनाबारे विश्लेषण, फरेन्सिक जाँचलगायतका विभिन्न कोणबाट अनुसन्धान थाल्यो । सोही अनुसन्धानका निष्कर्षपछि पदमको हत्यामा निमबहादुर केसीको संलग्नता देखिएको हो । अर्घाखाँचीका हाल प्रमुख डीएसपी दिवस जीसी नेतृत्वको टोलीले तीन वर्षअघिको भवितब्य घटनालाई अनुसन्धानबाट हत्यामा कन्भर्ट गरेको हो । प्रहरीले निमबहादुरलाई बैशाख अन्तिम साता पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेका निमबहादुरलाई जिल्ला अदालत अर्घाखाँचीले पुर्पक्षका निम्ति जेलसमेत पठाएको छ । सोही घटना उल्टिएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले त्यो बेलाका अनुसन्धान गर्ने अधिकारीमाथि छानबिन गर्न समिति बनाएको हो । प्रहरीको छानबिन समितिको क्रममा हत्यापछि बरामद गरेका केही अन्य बन्दुक बरामद गरेपछि बेवारिसे फेला परेकामा परिणत गरेको पाइएको छ । छानबिनका क्रममा निमबहादुरले प्रयोग गरेको बन्दुक समेत घटनाको केही समयपछि प्रहरीले फेला पारेको थियो । तर, त्यो बन्दुकबारे समेत कुनै अनुसन्धान नगरी बेवारिसे सूचीमा राखेको पाइएको छ । छानबिनका क्रममा त्यो बेलाका डीएसपी रिजाल र अनुसन्धान अधिकारी विक्रम रिजार मोलाहिजामै परेको देखिएको छानबिन समितिले उल्लेख गरेको छ । समितिले प्रतिवेदनमा लेखेको छ,‘‘ डीएसपी रिजाल र अनुसन्धान अधिकारी विक्रम मोलाहिजामा परी अपराध अनुसन्धान शाखामा कार्यरत तत्कालिन प्रहरी हवल्दार रामबहादुर बिकलाई परिचालन गरी कसुरमा प्रयोग भएको हतियार नै नष्टगरी हाल पक्राउ परेका प्रतिवादीविरुद्ध हातहतियार खरखजना मुद्दा उठान नै नहुने गरी नष्ट गरेर सार्वजनिक पदको दूरुपयोग तथा त्रुटिपूण तवरले गैरव्यवसायिक कार्यगरेको देखिन्छ ।’’ हाल अनुसन्धानका क्रममा मृतक पदम र हत्याका अभियुक्त निमबहादुर सौतेनी दाजुभाइसमेत रहेको खुलेको छ । निमबहादुरले हाल आएर गोली आफ्नै बन्दुकबाट लागेकोसमेत स्वीकार गरेका छन् । बार्हखरीले समाचार लेखेकाे छ ।

वीरेन्द्रनगर, जेठ १८ — सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले स्रोत नखुलेको करिब ३ करोड रुपैयाँ मूल्य बराबरको सुनचाँदीका गरगहना, लाखौँ रुपैयाँ नगद तथा भारतीय मुद्रासहित एक जना व्यवसायीलाई पक्राउ गरेको छ। अवैध रूपमा भारतीय रुपैयाँ तथा गरगहना धितो राखेर ब्याजमा रकम लगानी गर्ने गरेको विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर–६ तल्लोबजारस्थित ‘शिव ईम्पोरियम’ नामक कपडा पसलमा छापा मारेको थियो। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० घर भई हाल वीरेन्द्रनगर–६ बस्दै आएका ६३ वर्षीय श्याम सुन्दर अग्रवाल (बालाजी) रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ। प्रहरीले साेमबार दिउँसो करिब ४ बजे पसलमा आकस्मिक चेकजाँच तथा खानतलासी गर्दा विभिन्न बट्टा, पोका र डिब्बामा राखिएका १८५ थान सुन तथा चाँदीका गरगहना बरामद गरेको जनाएको छ। बरामद गरिएका गरगहनाको अनुमानित बजार मूल्य करिब ३ करोड रुपैयाँ रहेको छ। त्यसैगरी प्रहरीले २ लाख १९ हजार ५ सय नेपाली रुपैयाँ, ८ लाख ११ हजार ८ सय भारतीय रुपैयाँ तथा एक थान नगद गन्ने मेसिन समेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी कविन्द्र सिंह बोहराका अनुसार पक्राउ परेका अग्रवाल र बरामद सामग्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। बरामद गरगहना तथा नगदको कानुनी स्रोत खुल्न नसकेको र अवैध वित्तीय कारोबारमा संलग्न रहेको आशंकामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। यस घटनासम्बन्धी थप विवरण प्रहरीले अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्नुमा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुधन गुरुङ को मुख्य भूमिका रहेको निष्कर्ष निकालेको छ। आयोग सदस्य डा. लिली थापा को संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा गुरुङले भिडको नेतृत्व सम्हालेपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच गम्भीर झडप सुरु भएको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार भदौ २३ गते काठमाडौंस्थित एभरेस्ट होटल अगाडि प्रदर्शनकारीको संख्या २० देखि २५ हजार पुगेको थियो। सोही क्रममा करिब १२ बजेतिर सुधन गुरुङले भिडको नेतृत्व लिएपछि प्रदर्शनकारी आक्रोशित बन्दै सुरक्षा ब्यारिकेड तोडेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए। त्यसपछि सुरक्षाकर्मीसँग मुठभेड र झडप भई अवस्था हिंसात्मक बनेको आयोगको निष्कर्ष छ। आयोगले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनलाई केही समूह तथा व्यक्तिले ‘हाइज्याक’ गरी हिंसात्मक बनाएको उल्लेख गरेको छ। प्रतिवेदनमा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्नुका साथै एपीएफको वाटर क्यानन तोडफोड गरेको र बीआईसीसी अगाडि ध्वंसात्मक गतिविधि गरेको उल्लेख छ। सुरक्षा निकायका अधिकारीहरूको बयान उद्धृत गर्दै आयोगले सुधन गुरुङको नेतृत्वमा रहेको भिडले सुरक्षा घेरा नाघेपछि अवस्था नियन्त्रण बाहिर गएको जनाएको छ। त्यसपछि सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। आयोगले सुधन गुरुङले प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साएको हो वा होइन भन्ने विषयमा थप सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। दोषी देखिए कानुनबमोजिम कारबाही गर्न पनि आयोगले सुझाव दिएको छ। प्रतिवेदनमा आन्दोलनको नेतृत्व गर्दा अपनाउनुपर्ने संयमता नअपनाएको तथा सार्वजनिक शान्ति सुव्यवस्थामा असर पर्ने गतिविधिमा संलग्न भएको आरोप समेत उल्लेख गरिएको छ। आयोगले सामाजिक सञ्जालका अभिव्यक्ति तथा राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदनलाई समेत आधार मानेर निष्कर्ष निकालेको जनाएको छ।