
सुर्खेत। चौकुने गाउँपालिका तथा सामाजिक सुरक्षा कोष र EWPN कार्यक्रमको संयुक्त आयोजनामा सामाजिक सुरक्षा कोष सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। चौकुने गाउँपालिका अध्यक्ष खडक बि.क. (विवश) बासपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी सामाजिक विकास समिति संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष कमल जि.सी., वडा नं. ३ का वडा अध्यक्ष गणेश कुमार राना मगर, वडा नं. १ का वडा अध्यक्ष जिरक वडुवाल लगायत चौकुने गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, कार्यपालिका सदस्य, कर्मचारी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको उद्देश्य तथा विषयवस्तुबारे तारा कडेलले जानकारी प्रस्तुत गर्नुभएको थियो। भने कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक डाक्टर रोशन कोजुले सामाजिक सुरक्षा कोषको उद्देश्य, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली तथा श्रमिक र रोजगारदाताले प्राप्त गर्ने विभिन्न सुविधाबारे विस्तृत जानकारी गराउनुभएको थियो। कार्यक्रममा सामाजिक सुरक्षा कोषको महत्व, यसको कार्यान्वयन प्रक्रिया र लाभग्राहीले प्राप्त गर्ने सेवासुविधाका विषयमा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो। कार्यक्रमका अध्यक्ष खडक बि.क. (विवश) बासपानेले सामाजिक सुरक्षा कार्यक्रमले श्रमिक तथा कर्मचारीहरूको सामाजिक तथा आर्थिक सुरक्षालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। सहभागीहरूको जिज्ञासा समाधान तथा सुझाव आदानप्रदानसँगै कार्यक्रम सम्पन्न भएको थियो।

सुर्खेत। चौकुने गाउँपालिका वडा न ६ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ६ को सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । चौकुने गाउँपालिका वडा न ६ माथिभाबरमा जनप्रतिनिधि, वडावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक, सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिका वडा नं.६ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरूले विभिन्न विकास निर्माण, सेवा प्रवाह, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सम्बन्धी जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका छन्। कार्यक्रममा बक्ताको रूपमा सहभागी वडा अध्यक्ष गोबिन्द थापाले नागरिकहरूबाट उठाइएका प्रश्नहरूको प्रतिउत्तर दिँदै वडा कार्यालयले सम्पादन गरेका कार्यहरू, आगामी योजनाहरू तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जानकारी गराउनुभयो। उहाँले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादले सुशासन, पारदर्शिता तथा जवाफदेहितालाई मजबुत बनाउने बताउनुभयो। वडा अध्यक्ष गोबिन्द थापाले प्राप्त सुझाव र गुनासाहरूलाई सकारात्मक रूपमा लिँदै नागरिकका समस्याको समाधानका लागि वडा कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा वडा सचिव शुसिला कुमारी भुषाल ,साल्म आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख बिरेन्द्र बयक इलाका प्रहरी कार्यालय गुटुका प्रमुख बुद्ध सागर चौधरी ,विपद ब्यवस्थापन शाखा प्रमुख पदमराज शर्मा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। गोबिन्द थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलले संचालन गर्नु भएको थियो ।

सुर्खेत। चौकुने गाउँपालिका वडा न ४ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ४ बिजौराको सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । चौकुने गाउँपालिका वडा न ४ बिजौरामा जनप्रतिनिधि, वडावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक, सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिका वडा नं.४ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरूले विभिन्न विकास निर्माण, सेवा प्रवाह, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सम्बन्धी जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका छन्। कार्यक्रममा बक्ताको रूपमा सहभागी वडा अध्यक्ष टोप बहादुर बुढाक्षेत्रीले नागरिकहरूबाट उठाइएका प्रश्नहरूको प्रतिउत्तर दिँदै वडा कार्यालयले सम्पादन गरेका कार्यहरू, आगामी योजनाहरू तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जानकारी गराउनुभयो। उहाँले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादले सुशासन, पारदर्शिता तथा जवाफदेहितालाई मजबुत बनाउने बताउनुभयो। वडा अध्यक्ष टोप बहादुर वुढा क्षेत्रीले प्राप्त सुझाव र गुनासाहरूलाई सकारात्मक रूपमा लिँदै नागरिकका समस्याको समाधानका लागि वडा कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा निमित्त वडा सचिव सत्यनारायण शाह , बिजौरा स्वास्थ्य चौकी प्रमुख डिल्लीराम घिमिरे , चौकुने गाउँपालिका कृषि प्राबिधिक हेमन्त भण्डारी ,प्रहरी चौकी बिजौराका प्रमुख जयलाल बुढा ,महिला वडा सदस्य सिता नेपाली ,राधिका बि क, र विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। टोप बहादुर बुढा क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलले संचालन गर्नु भएको थियो ।

सुर्खेत। चौकुने गाउँपालिका वडा न ५ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ५ मायातालको सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । चौकुने गाउँपालिका वडा न ५ मायातालमा जनप्रतिनिधि, वडावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक, सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिका वडा नं.५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरूले विभिन्न विकास निर्माण, सेवा प्रवाह, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सम्बन्धी जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका छन्। कार्यक्रममा बक्ताको रूपमा सहभागी वडा अध्यक्ष तुलाराम हिस्की मगरले नागरिकहरूबाट उठाइएका प्रश्नहरूको प्रतिउत्तर दिँदै वडा कार्यालयले सम्पादन गरेका कार्यहरू, आगामी योजनाहरू तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जानकारी गराउनुभयो। उहाँले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादले सुशासन, पारदर्शिता तथा जवाफदेहितालाई मजबुत बनाउने बताउनुभयो। वडा अध्यक्ष तुलाराम हिस्की मगरले प्राप्त सुझाव र गुनासाहरूलाई सकारात्मक रूपमा लिँदै नागरिकका समस्याको समाधानका लागि वडा कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा वडा सचिव सत्यनारायण यादव प्रहरी कार्यालय बिजौराका प्रमुख जयलाल बुढा ,लगायत जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। वडा अध्यक्ष तुलाराम हिस्की मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलले संचालन गर्नु भएको थियो ।

सुर्खेत। चौकुने गाउँपालिका वडा न ३ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ३ को सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । चौकुने गाउँपालिका वडा न ३ बेतानमा जनप्रतिनिधि, वडावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक, सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिका वडा नं.३ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरूले विभिन्न विकास निर्माण, सेवा प्रवाह, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सम्बन्धी जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका छन्। कार्यक्रममा बक्ताको रूपमा सहभागी वडा अध्यक्ष गणेश कुमार राना मगरले नागरिकहरूबाट उठाइएका प्रश्नहरूको प्रतिउत्तर दिँदै वडा कार्यालयले सम्पादन गरेका कार्यहरू, आगामी योजनाहरू तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जानकारी गराउनुभयो। उहाँले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादले सुशासन, पारदर्शिता तथा जवाफदेहितालाई मजबुत बनाउने बताउनुभयो। वडा अध्यक्ष गणेश कुमार राना मगरले प्राप्त सुझाव र गुनासाहरूलाई सकारात्मक रूपमा लिँदै नागरिकका समस्याको समाधानका लागि वडा कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा निमित्त वडा सचिव दुर्गा प्रसाद भट्टराई , बेतान स्वास्थ्य चौकी प्रमुख जगत अधिकारी , शोभानचौर स्वास्थ्य इकाई केन्द्रका प्रमुख पुश्कर घर्ती मगर , वडा प्राबिधिक कौशल उप्रेती ,बेतान पशुपक्षी सेवाकेन्द्र कार्यलय प्रमुख चण्डीप्रसाद गैह्रे , जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। गणेशकुमार रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलले संचालन गर्नु भएको थियो ।

डेाल्पा । कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका डोल्पाका तीन जना शिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय, सुर्खेतले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार उनीहरूलाई उत्कृष्ट छनोट गरेको हो । सम्मानित हुनेहरूमा जगदुल्ला गाउँपालिका–२ स्थित त्रिपुरा साधारण तथा प्राविधिक माविका प्रधानाध्यापक जयबहादुर बस्नेत, मुड्केचुला गाउँपालिका–६ का मालिका माविका शिक्षक दामोदर ज्ञवाली र त्रिपुरासुन्दरी नगरपालिका–१० स्थित जनप्रभा साधारण तथा प्राविधिक माविकी शिक्षिका बुद्धा पहाडी हुनुहुन्छ । निर्देशनालयले उत्कृष्ट घोषित तीनै जना शिक्षकलाई जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेको छ । शिक्षकहरूको मूल्यांकन शिक्षण पेशामा समर्पण, विद्यालय व्यवस्थापन, विद्यार्थीको शैक्षिक उपलब्धि सुधार तथा समुदायसँगको सहकार्यका आधारमा गरिएको थियो । सम्मानित शिक्षकहरूले प्रदेश सरकारबाट प्राप्त यस सम्मानले आफ्नो कार्यप्रति थप जिम्मेवारी र उत्साह थपेको बताउँदै आगामी दिनमा अझ मेहनतका साथ विद्यार्थीको भविष्य निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भौगोलिक विकटता र सीमित स्रोतसाधनका बीच पनि दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरूलाई प्रोत्साहन गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । यस्ता सम्मानले शिक्षण पेशाको मर्यादा बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा सिर्जना गरी विद्यालय शिक्षाको समग्र गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

सुर्खेत। चौकुने गाउँपालिका वडा न १ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न १ को सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । चौकुने गाउँपालिका वडा न १ धनरासमा जनप्रतिनिधि, वडावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक, सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिका वडा नं.१ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरूले विभिन्न विकास निर्माण, सेवा प्रवाह, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सम्बन्धी जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका छन्। कार्यक्रममा बक्ताको रूपमा सहभागी वडा अध्यक्ष जिरक बडुवाल ले नागरिकहरूबाट उठाइएका प्रश्नहरूको प्रतिउत्तर दिँदै वडा कार्यालयले सम्पादन गरेका कार्यहरू, आगामी योजनाहरू तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जानकारी गराउनुभयो। उहाँले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादले सुशासन, पारदर्शिता तथा जवाफदेहितालाई मजबुत बनाउने बताउनुभयो। वडा अध्यक्ष बडुवालले प्राप्त सुझाव र गुनासाहरूलाई सकारात्मक रूपमा लिँदै नागरिकका समस्याको समाधानका लागि वडा कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। जिरक बडुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलले संचालन गर्नु भएको थियो ।

सुर्खेत। चौकुने गाउँपालिका वडा न २ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न २ को सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । चौकुने गाउँपालिका वडा न २ लगाममा जनप्रतिनिधि, वडावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक, सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिका वडा नं.२ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरूले विभिन्न विकास निर्माण, सेवा प्रवाह, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सम्बन्धी जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका छन्। कार्यक्रममा बक्ताको रूपमा सहभागी वडा अध्यक्ष मायाराम जैसीले नागरिकहरूबाट उठाइएका प्रश्नहरूको प्रतिउत्तर दिँदै वडा कार्यालयले सम्पादन गरेका कार्यहरू, आगामी योजनाहरू तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जानकारी गराउनुभयो। उहाँले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादले सुशासन, पारदर्शिता तथा जवाफदेहितालाई मजबुत बनाउने बताउनुभयो। वडा अध्यक्ष मायाराम जैसीले प्राप्त सुझाव र गुनासाहरूलाई सकारात्मक रूपमा लिँदै नागरिकका समस्याको समाधानका लागि वडा कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा निमित्त वडा सचिव दुर्गा प्रसाद भट्टराई , अस्थाई प्रहरी चौकी लगामका प्रमुख ज्योतिष सिहं, लगाम स्वास्थ्य इकाईका प्रमुख शिबराम वुढा , लगाम पशुसेवाका कार्यलय प्रमुख संजय कुमार महतो, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। मायाराम जैसीको अध्यक्षतामा भएको उक्त कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलले संचालन गर्नु भएको थियो ।

काठमाडौँ। हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसकै प्रभावका कारण देशका विभिन्न भागमा अहिले मिश्रित मौसम देखिएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको समेत सम्भावना रहेको छ। यसैबीच, पहाडमा पानी परिरहँदा तराईका क्षेत्रमा भने अत्यधिक गर्मी बढ्ने देखिएको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो हावा (लू) चल्ने सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आह्वान गरेको छ। आज राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली भए पनि बाँकी तराईका भूभागहरूमा भने मौसम मुख्यतया सफा रहनेछ।

जाजरकोटको बारेकोट गाउँपालिका मा आर्थिक अनुशासन र सुशासनमाथि गम्भीर प्रश्न उठ्ने गरी विभिन्न शीर्षकमा खर्च गरिएको विवरण सार्वजनिक भएपछि स्थानीयवासी तथा सरोकारवालाहरूले छानबिनको माग गरेका छन्। प्राप्त विवरणअनुसार गाउँपालिकाले स्पष्ट उद्देश्य, कार्ययोजना र प्रतिवेदन नै नबनाई भ्रमण तथा अनुगमन शीर्षकमा करिब २४ लाख रुपैयाँ भुक्तानी गरेको देखिएको छ। सार्वजनिक रकम खर्च गर्दा भ्रमणको उपलब्धि, प्रतिवेदन र औचित्य अनिवार्य मानिने भए पनि त्यसको पर्याप्त आधार नदेखिएको भन्दै प्रश्न उठेको हो। त्यति मात्र होइन, कर्मचारीहरू कार्यालयमै कार्यरत रहेको अवस्थामा समेत खलंगा लगायतका स्थानको भ्रमण भत्ता बुझिएको तथ्य बाहिरिएपछि खर्चको पारदर्शितामाथि थप शंका पैदा भएको छ। स्थानीयले यसलाई “कागजमा मात्रै भएको भ्रमण” भएको आरोप लगाएका छन्। यस्तै, लागत अनुमान तथा आवश्यक प्राविधिक प्रक्रिया नै पूरा नगरी सवारी साधन मर्मत शीर्षकमा झण्डै १२ लाख रुपैयाँ खर्च गरिएको विवरणले आर्थिक प्रशासनको कमजोरी उजागर गरेको छ। सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार आवश्यक प्रक्रिया अपनाइएको थियो वा थिएन भन्ने विषयमा समेत प्रश्न उठेको छ। अर्कोतर्फ, चैत्र महिनामै वितरण गरिनुपर्ने पोशाक भत्ता असार महिनामा वितरण गरिएको पाइएको छ। यसले वित्तीय अनुशासन र बजेट व्यवस्थापनको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ। सबैभन्दा चासोको विषय भनेको स्वीकृत संगठन संरचना र दरबन्दी बिना ४८ जना करार कर्मचारी भर्ना गरिएको तथ्य हो। आवश्यक कानुनी आधार र प्रक्रिया पूरा नगरी गरिएको भनिएको यो नियुक्तिले गाउँपालिकामा कर्मचारी व्यवस्थापन र वित्तीय उत्तरदायित्वबारे थप प्रश्न खडा गरेको छ।

काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसैको प्रभावका कारण अहिले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो पनि कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल लाग्ने देखिन्छ। यसैगरी आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। वर्षासँगै तराईमा भने गर्मीको प्रकोप रहनेछ। मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मध्यम तातो लहर (लु) चल्ने सम्भावना छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा तातो दिन हुने अनुमान गरिएको छ। आज रातिको समयमा कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बादल रहनेछ। राति कोशी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुर्खेत। चौकुने गाउँपालिका वडा न ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ९ को सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । चौकुने गाउँपालिका वडा न ९ को सभाहलमा जनप्रतिनिधि, वडावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक, सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिका वडा न ९ को आर्थिक बर्षको बार्षिक प्रतिवेदन सहित ,विकासका कामको ढिला सुस्ती, अनियमितता, कमीकमजोरी, विकास निर्माणका काम,गुणस्तरीय शिक्षा, खानेपानीको आपुर्ति लगायत हरेक जनताको गुनासोप्रति प्रतिबद्ध रहेर अगाडी बढ्ने वडा न ९ का वडा अध्यक्ष कविराज खनालले बताउनुभयो । एक्सेस् नेपाल प्रा लि बिेन्द्रनगर सुर्खेतका चिन्तामणी कडेलले सार्वजनिक सुनवाइ कार्यक्रममा जनताले आफ्नो भनाई राख्ने ठाँउ भएकोले निर्धक्क भएर गुनासो तथा राम्रो कामको बारेमा प्रसंशा गर्नु आवश्यक रहेकोे बताउनु भयो। कार्यक्रम चौकुने गाउँपालिका वडा न ९ का वडा अध्यक्ष कबिराज खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सचिव शिव कुमार के सी ,चौकुने कृषि शाखाका बिष्णुराज अवस्थी, राग स्वास्थ्य ईकाइका कार्यलय प्रमुख देवेन्द्र बिष्ट कार्यपालिका सदस्य उजिंर सिहं ढोली लगायतको उपस्थित रहेको उक्त कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलले संचालन गर्नु भएको थियो ।

सुर्खेत। चौकुने गाउँपालिका वडा न १० ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न १० को सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । चौकुने गाउँपालिका वडा न १० पिपलचौतारीको प्राङ्गणमा जनप्रतिनिधि, वडावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक, सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिका वडा न १० को आर्थिक बर्षको बार्षिक प्रतिवेदन सहित ,विकासका कामको ढिला सुस्ती, अनियमितता, कमीकमजोरी, विकास निर्माणका काम,गुणस्तरीय शिक्षा, खानेपानीको आपुर्ति लगायत हरेक जनताको गुनासोप्रति प्रतिबद्ध रहेर अगाडी बढ्ने वडा न १० का वडा अध्यक्ष नन्दराम खनालले बताउनुभयो । एक्सेस् नेपाल प्रा लि बिेन्द्रनगर सुर्खेतका चिन्तामणी कडेलले सार्वजनिक सुनवाइ कार्यक्रममा जनताले आफ्नो भनाई राख्ने ठाँउ भएकोले निर्धक्क भएर गुनासो तथा राम्रो कामको बारेमा प्रसंशा गर्नु आवश्यक रहेकोे बताउनु भयो। कार्यक्रम चौकुने गाउँपालिका वडा न १० का वडा अध्यक्ष नन्दराम खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सचिव मिन बहादुर भण्डारी ,चौकुने कृषि शाखाका बिष्णुराज अवस्थी, घाटगाउँ स्वास्थ्य चौकी सि अ हे ब अधिकृत लक्ष्मण प्रसाद ढुंगाना कार्यपालिका सदस्य हजुरा कुमारी बिष्ट लगायतको उपस्थित रहेको उक्त कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलले संचालन गर्नु भएको थियो ।

सुर्खेत। चौकुने गाउँपालिका वडा न ८ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ८ को सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । चौकुने गाउँपालिका वडा न ८ को साझाहलमा जनप्रतिनिधि, वडावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक, सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिका वडा न ८ को आर्थिक बर्षको बार्षिक प्रतिवेदन सहित ,विकासका कामको ढिला सुस्ती, अनियमितता, कमीकमजोरी, विकास निर्माणका काम,गुणस्तरीय शिक्षा, खानेपानीको आपुर्ति लगायत हरेक जनताको गुनासोप्रति प्रतिबद्ध रहेर अगाडी बढ्ने वडा न ८ का वडा अध्यक्ष कमल जि सी ले बताउनुभयो । एक्सेस् नेपाल प्रा लि बिेन्द्रनगर सुर्खेतका चिन्तामणी कडेलले सार्वजनिक सुनवाइ कार्यक्रममा जनताले आफ्नो भनाई राख्ने ठाँउ भएकोले निर्धक्क भएर गुनासो तथा राम्रो कामको बारेमा प्रसंशा गर्नु आवश्यक रहेकोे बताउनु भयो। कार्यक्रम चौकुने गाउँपालिका वडा न ८ का वडा अध्यक्ष कमल जि सीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सचिव दुर्गा प्रसाद भट्टराई ,ईलाका प्रहरी कार्लयका प्रमुख बुद्ध सागर चौधरी ,सशस्त्र प्रहरी गुटुका प्रमुख कुलदिप सिहं ,गुटु स्वास्थ्य चौकी प्रमुख ईन्द्र बहादुर जैसुरी लगायतको उपस्थित रहेको उक्त कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलले संचालन गर्नु भएको थियो ।

चौकुने गाउँपालिका वडा न ७ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ७ को सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । चौकुने गाउँपालिका वडा न ७ को धामीडाँडा सहिद स्मृति पार्कमा जनप्रतिनिधि, वडावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिका वडा न ७ को आर्थिक बर्षको बार्षिक प्रतिवेदन सहित ,विकासका कामको ढिला सुस्ती, अनियमितता, कमीकमजोरी, विकास निर्माणका काम,गुणस्तरीय शिक्षा, खानेपानीको आपुर्ति लगायत हरेक जनताको गुनासोप्रति प्रतिबद्ध रहेर अगाडी बढ्ने वडा न ७ का वडा अध्यक्ष धनिराम धमालाले बताउनुभयो । हरेक विकास निर्माणका कार्यलाई नियमित अनुगमन गरेको बताउँदै कही कतै कुनै पनि काममा ढिला सुस्ती, अनिमियता भईरहेको छ भने उच्च निगरानीका साथ आवश्यक कदम चाल्ने बताउनुभयो । एक्सेस् नेपाल प्रा लि बिेन्द्रनगर सुर्खेतका चिन्तामणी कडेलले सार्वजनिक सुनवाइ कार्यक्रममा जनताले आफ्नो भनाई राख्ने ठाँउ भएकोले निर्धक्क भएर गुनासो तथा राम्रो कामको बारेमा प्रसंशा गर्नु आवश्यक रहेकोे बताउनु भयो। कार्यक्रम चौकुने गाउँपालिका वडा न ७ का वडा अध्यक्ष धनिराम धमालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य तुल बहादुर नेपाली , महिला वडा सदस्य अम्बी बि क ,वडा सदस्य गोपी कामी , लगायतको उपस्थित रहेको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य तुल बहादुर नेपालीको स्वागत मन्तव्य रहेकोे थियोे भने कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलले संचालन गर्नु भएको थियो ।