
सुर्खेत । चौकुने गाउँपालिका–६ स्थित वनडाल सामुदायिक वनको ओडारमा लुकाइराखिएको अवस्थामा प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ।
अवैध हातहतियार लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार साँझ ६ः१५ बजे एकनाले भरुवा बन्दुक बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।



