सिमकाेटकाे खार्पुनाथमा कुटिएका छत्त बहादुर शाहीको मृत्यु

सिमकोट
खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा मतगणना स्थलबाहिर कुटिएर घाईते भएका छत्त बहादुर शाहीको मृत्यु भएको छ ।
उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो ।

गत वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मत गणना जारी रहेको बेला मतगणना स्थल बाहिर एमालेका कार्यकर्तालाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले हमला गर्ने क्रममा तीन जना घाईते भएका थिए ।

तीन जना घाईते मध्य उनी गम्भीर घाईते भएपछि उनलाई सोही दिन हेलिकोप्टरबाट सुर्खेत रिफर गरिएको थियो ।
उनको टाउकोमा चोट लागेको थियो। सुर्खेतको प्रदेश अस्पतालले उपचार गर्न नसक्ने भन्दै दश बिघा अस्पतालमा रिफर गरेको थियो ।
दशबिघाले पनि नसक्ने भन्दै नेपालगञ्जको भेरी अस्पतालमा रिफर गरिएको थियो ।

भेरी अस्पतालले घाईतेको शल्यक्रिया गर्ने उपकरण नभएको भन्दै नर्सिङ होम पठाएको आफन्तलाई जानकारी दिएका छन् ।

घाईतेसँगै गएका छोरा सागर शाहीले सुर्खेतमा पनि उपचार नहुन सकेपछि घाईतेलाई नेपालगञ्जको नर्सिङ होममा उपचार गर्ने क्रममा चार दिनपछि उपचारकै क्रममा मृत्यु भएको जानकारी दिएका छन् । बिहीबार मृतकको लाश नर्सिङ होममा पोष्टमार्टम गर्ने कार्यसमेत भएको छ । शाहीको मृृत्युु भएको पुष्टि प्रहरी नायव उपरिक्षक कृष्णराज ओझाले गरेका छन् । अन्य दुई जनाको भने अस्पतालमै उपचार भई रहेको छ ।
मृृतकका आफन्तले सो घटनामा संलग्न नौ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिएका छन् । प्रहरीले जाहेरी आएको र अब घटनामा सङ्लग्नको खोजीकार्य सुरु भएकाे बताएकोे छ ।