पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पुर्वन्यायाधीस डिल्लीराज आर्चायको नेतृत्वमाा सुन समितीले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार महराको सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको छ ।