गायक राजेश पायल राईलाई मापसेको अाराेपमा पक्राउ

गायक राजेश पायल राईलाई मापसेको अाराेपमा प्रहरीले पक्राउ गरेकाे छ ।गएराति काठमाडौँको थापागाउँबाट उनीसहित अन्य तीन कलाकारलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवत्ता नवराज अधिकारी ले जानकारी दिए ।
मदिरा पिएर होहल्ला गरिरहेका उनीहरुले सम्झाउँदा पनि नमानेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । सबैलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । उनलाई छाड्ने बारे छलफल भैरहेको एसपी अधिकारीले बताए । साथै राई संगैका बाँकीको परिचय नखुलेको बताए ।