गुल्मीमा रक्सीकाे तालमा आफ्नै घरमा आगो

गुल्मीमा एक व्यतिले रक्सीकाे तालमा आफ्नै घरमा आगो लगाउएका छन । गुल्मीमा रक्सीले मात्तेको अवस्थामा आफ्नै घरमा आगो लगाउने रेख बहादुर परियारलाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पक्राउ पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका- ६ रजस्थल बस्ने ५९ वर्षीय रेख बहादुर परियार रहेको बताएको छ । प्रहरीका अनुसार रक्सीले मात्तिएर आफ्नो घरमा आगो लगाउँदा घर जलेर पुणर्रुपमा क्षति भएको छ ।

परियारले आफ्नो घरमा आगो लगाएपछि स्थानीयका घरहरूमा पनि आगो लगाउने धम्की दिने गरेको प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

यस्तै उनकी श्रीमती सिता परियारलाई जिल्ला प्रशासन कार्यालयबाट राहत उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।
रेख बहादुरलाई आवश्यक कानुनी कार्बाहि हुने उपरीक्षक पोखरेलले बताए ।