माओवादीका नेता कृष्णबहादुर महरा पक्राउ

माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरेको हो । महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार सुन तस्करीमा संलग्न रहेका व्याक्तिसँग पुर्व सभामुख महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको आधारमा सीआइबीले अनुसन्धान अगाडी बढाएको थियो ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।