हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा २८ वर्षीय ट्र्याक्टर चालक मृत्यु

file : photo

हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय ट्र्याक्टर चालक सागर स्याङ्तान मृत्यु भएको छ । मृतक स्याङ्तानकाे शव पानीमुनि ट्र्याक्टरले चापिएको अवस्थामा फेला परेकाे थियाे ।

बिहान २ बजे भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्र्याक्टर उक्त स्थानको राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचाेनक पुल भाचिँदा दुर्घटना भएर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन ।