आज पनि माओवादिको बैठक

फाईल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको दोस्रो दिनको बैठक आज बिहान ११ बजेबाट बस्ने भएको छ ।

९ वटा एजेण्डामा बसिने बैठक प्रदेशगत रिपोर्टिङको कार्यसूचीमा प्रवेश गरिएको छ । हिजो पहिलो दिन वागमती र उपत्यका विशेष कमिटीले सांगठानिक तथा समसामयिक विषयमा रिपोर्टिङ गरेका थिए ।

पार्टीले केन्द्रीय समिति बैठकमा संगठनात्मक विषय र संरचना, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको रणनीतिलगायतका विषयमा छलफल हुने जनाएको छ ।

यसपटक पनि पदाधिकारी चयनको विषय ओझेलमा पर्ने सम्भावना बढेको भन्दै पदाधिकारी टुंग्याएर जानुपर्ने बैठकमा कुरा उठिरका छ्न् ।