विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा ६लाख ८० हजार बराबरको क्षति

रौतहटमा विद्युत् सर्ट हुदा आज बिहान ८ बजे एउटा घरमा आगलागी भएर लाखौँको धनमाल जलेर नष्ट भएको छ । देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्न, तथा घर समेत जलेर ६ लाख ८० हजार बराबरको क्षति भएको पीडित परिवारले जानकारी दिएका छन् । प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले बताए ।