कर्णाली प्रदेशले माग्यो १३३ कर्मचारी, नर्सदेखि सबइन्जिनियर सम्म

कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

सामाजिक विकास मन्त्रालयले १३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना माग गरिएको हो ।

यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारबाट पारिश्रमिक र सेवासुविधा उपलब्ध हुने छ । सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२/१२ जना स्टाफ मागभएको छ । तेस्तै गरी कालीकोट र जुम्ला १४/१४ जना र मुगु, डोलपा र हुम्लामा १५/१५ जना स्टाफहरु माग भएको छ । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नुहुनेछ ।