धनगढीका स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता कायम, २० हजार कट्यो मत

कैलाली –
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २० हजारभन्दा धेरै मत प्राप्त गरेका छन् ।

हमालले २० हजार ६८ मत प्राप्त ल्याएका छन् । उहाँका निकट प्रतिस्पर्धी मानिएका नृप बहादुर वडले ९ हजार ९ सय ७४ मत ल्याएर पछ्याइ रहेका छन् । नेकपा एमालेका रण बहादुर चन्दले ५ हजार १२ मत ल्याएका छन् ।