रुकुममा माओवादीका कार्यकर्ताद्धारा कांग्रेसका कार्यकर्तामाथी कुटपिट

रुकुम
रूकुम पश्चिममा चुनाव प्रचार प्रसारको क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्ता माथि आक्रमण गरेका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि घर दैलो कार्यक्रमको क्रममा चौरजहारी नगरपालिकाका वडा नं. ६ मा शनिबार राती माओवादी कार्यकर्ताले कांग्रेसका कार्यकर्ता माथि आक्रमण गरेका हुन् । उक्त आक्रमणमा परी कांग्रेसका लक्ष्मण बोहोरा गम्भिर अवस्थामा घाइते भएको स्थानीयले बताएका छन् ।

माओवादीले रुकुम पश्चिमका नगरपालिका, गाउँपालिका सबैमा निर्वाचन हार्ने भएपछि र आफ्नो पक्षमा मत नदेखिएपछि कांग्रेसका कार्यकर्ता लगायत सर्व साधारणको घरघरमा पसेर हातहतियार प्रहार गर्ने र माओवादीलाई भोट नहाले मारिदिने धम्की सम्मेत दिने गरेको स्थानीय बासीन्दाहरुले बताएका छन् ।

चुनावमा हार निश्चित भएपछि माओवादीका कार्यकर्ताहरुले जनताहरूलाई धम्क्याउने र कुट पिट गर्ने गरेको कांग्रेस कार्यकर्ताहरुले आरोप लगाएका छन् ।

माओवादीका कार्यकर्ताहरुको कुटपिटबाट ६ जना महिलाको हात भाँचिएको छ भने २ जनाको टाउकोमा धारिलो हतियार प्रहार गरीएको स्थानिय बासीन्दाले जानकारी दिएका छन् ।

उपचारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय अस्पतालमा पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि घाइते सबैलाई थप उपचारको लागि नेपालगन्ज अस्पताल रिफर गरिएको केसीले बताइन् ।