जयनगर- जनकपुर खण्डमा सञ्चालन हुने रेलको शनिबार संयुक्त उध्घाटन गरिदै

file photo

काठमाडौँ । जयनगर-जनकपुर खण्डमा सञ्चालन हुने रेलको भारत र नेपालका प्रधानमन्त्रीले शनिबार संयूक्त रुपमा उद्घाटन गर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जाने र भ्रमण कार्यक्रममा रेल उद्घाटनको विषय पनि रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बताएको छ । २०७७ असोजमा जयनगर-जनकपुर खण्डमा चलाउन ल्याइएका दुई वटा रेल सेट लामो समय त्रिपालले छोपेर राखिएको थियो ।

१७ महिनादेखि थन्किएर बसेको रेल अहिलेसम्म आधिकारीका रुपमा सञ्चालनमा आउन सकेको छैन । हाल ड्र्रइ रन का रुपमा चलाइएको रेल सेवालाइ दुबै देशका प्रधानमन्त्रीले रेलको भर्चुअल्ली उद्धघाटन गर्ने स्रोतले जानकारी दिएको छ । उद्धघाटन भएपछि रेल जयनगर देखि कुर्थासम्म ३५ किलोमिटरको दुरीमा यात्रु बोकेर चल्ने छ ।
नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल सञ्चालनका लागि सम्पूणर् तयारी पूरा भइसकेको बताएका छन् । रेल सञ्चालनकै लागि गत चैत ८ गते राष्ट्रपति कार्यालयबाट रेलवे अध्यादेश जारी भइसकेको हो । ‘अब रेल चलाउन कुनै समस्या छैन सबै तयारी पूरा भइसकेको छ, दुई देशका प्रधानमन्त्रीले रेलको उद्घाटन गरेपछि यात्रु बोकेर गुड्ने महाप्रबन्धक झाले जानकारी दिएका हुन् ।
रेल सञ्चालनका लागि २६ जना भारतीय प्राविधिक कर्मचारी रहने छन् । अहिले रेल सञ्चालनको तालिम लिएर बसेका ६० जना नेपाली कर्मचारी छन् । कुर्थादेखि जयनगरसम्म यात्रा गर्नेले सामान्य सिटको ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैयाँ तिर्ने गरी भाडादर कायम गरिसकिएको छ । भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो ।