देशभरको तापक्रम निरन्तर बढ्दै

file : photo

काठमाडौं । नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाव दिएका छन ।
सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गर्दै विज्ञहरुले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने बताए ।

जलवायु विज्ञ डा. उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्रम पुगेको अवस्थामा तातो हावा आउने बताए ।

डा. उप्रेतीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तीव्र रुपमा देखा परिरहेको बताए । चैत २ देखि ३ मा तराई क्षेत्रमा हावाको गती २५ देखि ३५ किलोमिटर प्रतिघण्टाको दरले बढ्नेछ । तापक्रम वृद्धि भई अत्याधिक हावा चल्ने हुँदा कृषि प्रणालीमासमेत असर पर्ने भएकाले सजग हुनुपर्ने जलवायु विज्ञले बताएका छन ।