मोटरसाईकलको ठक्करबाट वीरेन्द्रनगर १० की एक महिलाको मृत्यु

साउन २० गते, सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकल्ले एक ठक्कर दिदाँ एक महिलाको मृत्य भएको छ ।

वीरेन्द्रनगरको एयरपोर्ट चोक नजिकै बाटो काट्ने क्रममा लु. ८५ ख १६६ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरेन्द्रनगर-१० की बालकुमारी नेपाली हुन् ।

धुलायविटतर्फ जादैँ गरेको तिब्र गतिको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल चालक वीरेन्द्रनगर १० कौ विनय खड्का रहेका छ्न् ।

घटना पछि प्राहार रहेका चालक विनयलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । #भिडियो