लुम्बिनी र सुदुरपश्चिममा भारी वर्षा, कर्णालीका जिल्लामा असिनापानी

आज कर्णाली , कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, असिना र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकोले देशभर आंशिक बदली भई वर्षा भएको हो ।पश्चिमी वायु तथा भारतको […]

वीरेन्द्रनगरको वडा नं. १० मा नयाँ पुल निर्माण हुदै

सुर्खेत वीरेन्द्रनगरको वडा नं. १० मा नयाँ पुल निर्माण हुने भएको छ । सुर्खेत वीरेन्द्रनगरको वडा नं १० अन्तर्गत शान्तिनगर,बुलबुले र एकतानगर टोललाई जोड्ने ईत्राम खोलामा निर्माण हुन लागेको हो । दश नम्बर वडाका प्रतिनिधि मनोहरलाल आचार्य , सन्ध्या परिवार लगाएत स्थानियको उपस्थतीिमा पुलको शिलन्यास गरिएको छ । भौतिक तथा पुर्बाधार मन्त्रालयको वार्षिक बर्ष २०८० […]

मिलन चाम्सको “वर एण्ड बधु” मा ‘सकम्बरी’की कुसुमको प्रवेश

मिलन चाम्सको “वर एण्ड बधु” मा ‘सकम्बरी’की कुसुमको प्रवेश हुने भएको छ । नवलपुरकी कुसुम शर्माको पहिलो प्रकाश सपुतसँगको गीत ‘सकम्बरी’ रिलिज भएपछि एकाएक चर्चामा आएकी नव मोडल हुन । । म्युजिक भिडियोमा कुशुमले पहिलो फिल्मको रुपमा ‘सञ्जीवनी’ पनि साइन गरिन । अहिले गीतसंगीत क्षेत्रमा निकै चर्चा कमाई सकेकी उनले अहिले मिलन चाम्सको निर्देशन रहेको […]

सकम्बरी अर्थात कुसुम शर्मालाई एकै पटक २ उत्कृष्ट अवार्ड

सकम्बरी अर्थात कुसुम शर्मालाई एकै पटक २ उत्कृष्ट अवार्ड पाएकी छन । नवलपुरकी चर्चित नव मोडल तथा कलाकार कुसुम शर्माले आज आयोजित २ वटा फरक फरक अवार्ड समारोहमा उत्कृष्ट मोडलको अवार्ड हात पार्न सफल भएकी छन । उनले आज सम्पन्न नेसनल ब्राण्ड म्युजिक अवार्ड २०८० मा “चाहन्छु -५ “गीतबाट सर्वोत्कृष्ट नव मोडेल र सर्वाधिक लोकप्रिय […]

सुर्खेतमा ठकुरी समाज पहिलो भेला

सुर्खेतमा ठकुरी समाजको भेला बसेको छ । ठकुरी समाजको प्रथम भेलाले ठकुरी युवा संघ नेपाल गठन गर्ने निर्णय समेत गरेको छ । ठकुरी समाजको भेला सुर्खेत वीरेन्द्रनगर ३, एरिचोकमा बसेको थियो । गगन बहादुर शाही को अध्यक्षतामा ठकुरी समाज युवा संघ नेपाल समेत सर्वसहमत गठन गरेको भेलाले उपाध्यक्षमा सौगात सिंह ठकुरी, दोश्रो उपाध्यक्षमा, टेक बहादुर […]

तेस्रो राष्ट्रिय लुम्बिनी लोक दोहोरी अवार्ड सुर्खेतका कलाकार रेशम नेपकिङलाई

काठमान्डौमा सम्पन्न तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० सुर्खेतका मोडल तथा कलाकार रेशम नेपकिङले हात पार्न सफल भएका छन् । काठमान्डौको चलचित्र बिकास बोर्डको सभा हलमा आयोजना गरिएको उक्त कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो । बिशाल मुभिज प्रा.ली.अनामनगर काठमान्डौले स्वर्गिय कल्पना गैरेको स्मृती फाउन्डेशनको सहयोगार्थ तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी […]

सुर्खेतको ब्राइटल्याण्ड एकेडेमीमा फुडफेस्टिभल कार्यक्रम संचालन

सुर्खेतको वीरेन्द्रनगरमा संचालनमा रहेको ब्राईटल्यान्ड एकेडेमीका बिद्याथीहरुको बिचमा फुडफेस्टिवल कार्यक्रम संचालन गरिएको छ । वीरेन्द्रनगर ११ पिपीरामा रहेको ब्राइटल्याण्ड सेकेण्डरी स्कुलमा विद्यार्थीहरुको अग्रसरतामा स्थानीय खानाको परिकार सहित फेस्टिवल कार्यक्रम गरिएको हो । वीरेन्द्रनगर नगरपालिका वडा न।। ११ का वडाध्यक्ष खिमलाल देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न खानाको परिकार सहित १२ वटा स्टल राखिएको थियो । […]

सुर्खेतमा अटोलाई बचाउन खोज्दा टिप्पर दुर्घटनामा

सुर्खेतकाे मसिनामा वीरेन्द्नगरतर्फ आउँदै गरेको टिप्पर दुर्घटनामा परेको छ । कर्णाली प्रदेश ००१क ०१०१ नम्बरको टिप्परलाई भे १ ह २६६२ नम्बरको अटोले झुक्काएपछि टीप्पर अनियन्त्रित भएर सडक छेउमा रहेको नाालामा पल्टिएकाे हाे । टिप्पर चालक मिलन चुनाराले अटोलाई बचाउन खोज्दा टिप्पर अनियन्त्रित भएर नालामा पल्टेको बताएका छन् । टिप्परमा सवार चालक चुनारा र सहचालक दुबैजनालाई […]

लायन्स क्लवद्वारा विद्यालयमा न्यानो कपडा तथा खाजा बितरण

१४५ औ मेलबिन जोन्स सप्ताहको अबसरमा लायन्स क्लबले बिद्यालयमा न्यानो कपडा तथा खाजा बितरण गरेको छ । लायन्स क्लव अफ सुर्खेत काक्रेबिहार, लायन्स क्लब अफ सुर्खेत भैरवस्थान र लायन्स क्लब अफ कर्णालीले राहत बितरण गरेको हो । एक कार्यक्रमको आयोजना गरी लेकबेशी नगरपालिका रातामाटे १ सुर्खेतमा रहेको श्री शान्ति शृजना आधारभुत बिध्यालयमा अध्यनरत ३४ जना […]

सुर्खेतको सुब्बाकुना नजिक फोर्स गाडी दुर्घटना

सुर्खेतबाट नेपालगंज यात्रु बोकेर जादै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ । कणर्ाली प्रदेश ०२००१ख०१०० नम्बरको फोर्स गाडी सुब्बाकुना चेकपोष्ट भन्दा करिब २ किलोमिटर अगाडी दुर्घटनामा परेको हो । प्रारम्भिक सुचना अनुसार गाडी अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रु मध्य ७ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरूको सुर्खेत हस्पिटलमा […]