नेपाली कांग्रेसले आज काठमाडौंमा चुनावी सभा गर्ने

नेपाली कांग्रेसले आज (शुक्रवार) काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।

सभालाई प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ ।

कांग्रेसले चुनावी सभा शुरू गरेको तेस्रो दिन आज काठमाडौंमा सभा गर्न लागेको हो । यसअघि कांग्रेसले विराटनगर र भरतपुरमा चुनावी सभा गरिसकेको छ ।

बुधवार विराटनगरमा र बिहीवार भरतपुरमा चुनावी सभा गरेको कांग्रेसले लगत्तै शुक्रवार काठमाडौंमा सभाको तयारी गरेको हो ।

पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निणर्यअनुसार कार्यक्रम तय भएको नेपाली कांग्रेसले जनाएको छ ।

काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह मेयर पदका उम्मेदवार रहेकी छिन् ।

नेपाली काग्रेसको आजको सभाले मेयर पदकी उमेद्वार सिंहलाई विजयी गराउन भोटको अपिल गर्ने जनाएको छ ।