बराहताल एमालेले छान्याे दश वटै वडाका वडाध्क्ष (नामसहित)

एमाले बराहतालले छान्याे दश वटै वडाका वडाध्क्ष, उम्मेदवार मनोनयनकाे तयारी

सुर्खेत । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयन दर्ताको आजबाट मिति सकिदैँ छ । सुर्खेतमा प्रमुख पार्टीहरु उम्मेदवार छनौटको कामलाई अन्तिम चरणमा पुर्‍याएका छन् ।

गठबन्धनमा भने भागभण्डा मिलाउन सक्दा उम्मेद्वार छानी सकेको छैन । तर नेकपा एमालेले भने सबै लगभक सबै वडामा उम्मेद्वारको टुंगो लगाईसकेको छ । सोहि अनुसार नेकपा एमाले बराहतालले पनि वडाध्यक्षहरुको टुङ्गो लगाएको छ ।

दश वटा वडा रहेको बराहतालमा वडाध्यक्षहरुको टुङ्गो लागेसँगै आज मनोनयन दर्ता गर्न लागेको एमाले बराहतालले जनाएको छ । गाउँपालिका अध्यक्षमा घनश्याम पाण्ड चयन भएसँगै वडाध्यक्षहरुको पनि टुङ्गो लागेको हो । स्थानीय तहको निर्वाचनका लागि वडा नं. १ बाट डम्बर बडुवाल अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।

यस्तै वडा नं. २ मा भिम सावद, ३ मा रत्नप्रसाद उपाध्याय, ४ मा टेकबहादुर कठायत चयन भएका छन् । नन्दराम अधिकारी वडा नं. ५, जगतबहादुर बिसी वडा नं. ६, कुलबहादुर बुचा वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार बनेका छन् ।

यस्तै वडा नं. ८ को वडाध्यक्षमा केशरबहादुर कार्की, वडा नं. ९ मा युवराज पुलामी र वडा नं. १० मा हरिलाल सलामी अध्यक्ष पदका उम्मेदवारमा चयन भएका छन् ।