आफूले चाहे अनुसार विवाह हुदैन् : पूजा शर्मा

काठमाडौँ-
अभिनेत्री पूजा शर्माले विवाह आफूले चाहे अनुसार नहुने जनाएकी छिन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सम्झना बिर्सना’ को प्रचारप्रसारको क्रममा रहेकी पूजाले आफूले विवाहको तयारी गर्दा समेत नभएको बताएकी छिन् । ‘मैँले यो मान्छे बाहेक अरूसँग विवाह नै गर्दिन भनेर सोचेको थिएँ । विवाह गर्छु भनेर आफू तयार समेत भए । तर , विवाह भएन । त्यसैले विवाह कहिले को सँग हुन्छ भन्ने नै थाहा हुँदैन’ पूजाले भनिन् ।

अहिले हाल युद्ध बनियासँग प्रेम रहेकी पूजाको विवाहको चर्चा बेलाबेला भैइरहेको छ । उनले विवाहको तयारी नभएको पनि बताइन् । ‘विवाह हुन्छ तर अहिले कहाँ ? कसरी भन्ने सोचेका छैन । किनकि पहिला पनि सोचियो मात्र, भएन’ उनले भनिन् । पूजालाई फिल्मको बारेमा कुरा गर्दै आफूलाई छायांकनमा गएको फिल नभएको बताएकी छिन् । ‘पारिवारिक माहोल थियो । त्यहाँ छायांकन गरेको जस्तो नै फिल भएन । निर्माताहरुले राम्रोसँग फिल्मको काम गर्नु भयो’ पूजाले भनिन् । उनले ट्राइल शोमा फिल्म हेर्दा आफू भावुक भएको जनाएकी छिन् । फिल्मलाई हामीले इमानदारिताका साथ तयारी भएको थियो’ उनले भनिन् । फिल्म ‘सम्झना बिर्सना’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने भएको बताइन् । फिल्ममा पूजासँगै आकाश श्रेष्ठ , छुल्ठिम गुरुङ, सुनिल थापा लगायतका धेरै कलाकारहरू रहेका छन् । यस फिल्मको निमेष प्रधानले निर्देशन गरेका छन् ।