इङ्ग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृखंलामा भारत विजयी

भारतले घरेलु टोली इङ्ग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृखंला २-१ ले जित्न सफल भएको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारत ५ विकेटले विजयी हुन पुगेको छ ।

इङ्ग्ल्यान्डले दिएको २६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो । भारतको जितमा ऋषव पन्तले सर्वाधिक १२५ रन बनाएका छन् । इङ्ग्ल्यान्डका रीच टोप्लेले ३ विकेट लिएका छन् ।

यसअघि पनि म्यानचेस्टरमा पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ४५ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २५९ रन ल्याएको थियो । इङ्ग्ल्यान्डका जोस बट्लरले सर्वाधिक ६० रन बनाएका छन भने भारतका हार्दिक पाण्डेयले ४ विकेट लिएका छन् ।