नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भेटवार्ता, नेपाल चीनबीच ६ बुँदे सम्झौता

नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भेटवार्ता

शनिवार सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भएको भेटवार्तामा सो सहित विभिन्न विषयमा सम्झौता भएको छ । ३ दिने नेपाल भ्रमणका क्रममा रहेका विदेश मन्त्री वाङ र मन्त्री खड्काबीच आर्थिक र प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।

जसमा नेपाल चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिनेसहितका सम्झौताहरु रहेका छन् ।

त्यसैगरी नेपालमा उत्पादन भएको हेलेग घाँस निर्यात, नेपाल चीनबीच आर्थिक तथा प्रविधिक सहयोग, अरनिको राजमार्ग मर्मत संभारसम्बन्धी दीर्घकालीन परियोजनाको तेस्रो चरण संचालन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।