४४ बिलियन अमेरिकी डलरमा एलन मस्कले किन्दै ट्विटर

FILE PHOTO: Elon Musk’s twitter account is seen on a smartphone in front of the Twitter logo in this photo illustration taken, April 15, 2022. REUTERS/Dado Ruvic/Illustration

माइक्रोब्लगिङ साइट ट्विटरको बोर्डले ४४ बिलियन अमेरिकी डलरमा ट्विटरलाई धनाढ्य तथा व्यवसायी एलन मस्कलाई किन्न दिने निर्णय गरेको छ । यसअघि मस्कले दुई साताअघि ट्विटरमा असाधरण क्षमता भएको भन्दै आफूले ट्विटरका सबै सेयर किन्ने प्रस्ताव राखेका थिए ।

एलनले ट्विटरको असाधारण भएको र यसमा भएको फेक न्युज र फेक अकाउन्टलाई पनि आफूले कन्ट्रोलमा ल्याउने बताउँदै ट्विटरलाई कुन्ने प्रस्ताव राखेका थिए । तर, ट्विटरले उनलाई कम्पनी बेच्न तयार भएको थिएन ।

तर, अब आफ्ना स्टेकहोल्डर्सहरुलाई ट्विटरले यो सम्झौताको पक्षमा मतदान गर्न अनुरोध गरेको छ ।

फोब्र्स म्यागजिनका अनुसार एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ती हुन् । उनीसँग अहिले २७३ बिलियन डलर भएको अनुमान गरिएको छ । उनको टेस्ला कम्पनी विश्वकै धनी कम्पनी मध्येको एक हो ।

मस्कले ट्विटर आफूले लिएपछि त्यहाँ वाक स्वतन्त्रतालाई प्राथमिकता दिने पनि बताएका थिए ।