
दिलिप कंडेल, चौकुने । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ स्थापना दिवसको अवसरमा शनिबार चौकुने गाउँपालिका–८ स्थित गुटु बिशाल बजारक्षेत्र र धामिडाँडा सहिद स्मृति पार्क क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाको स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बिरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि सेवाकेन्द्र संचालन तथा व्यवस्थापन उप- समितिका संयोजक मानबहादुर श्रेष्ठको संयोजन तथा बिरेन्द्रनगर सहकारी संस्थाका कर्मचारी, सञ्चालक, शेयर सदस्य, वडा न .७ का वडा अध्यक्ष धनिराम धमाला , जिल्ला समन्वय समिति सदस्य तुल बहादुर नेपाली ,ईलाका प्रहरी कार्यलय गुटका प्रमुख ,सशस्त्र प्रहरी वेस नेपालका कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा सहभागीहरूले धामिडाँडा सहिद स्मृति पार्क तथा आसपासको क्षेत्रको सरसफाइ गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण, स्वच्छ वातावरण निर्माण र सामाजिक उत्तरदायित्वप्रति सबैलाई जागरुक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।
बिरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था गुटु केन्द्रका शाखा प्रमुख पुश्कल धमालाले २५औँ स्थापना दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी समाजप्रति उत्तरदायी संस्थाको रूपमा सरसफाइजस्ता सामाजिक अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनहरूमा पनि समुदायसँग सहकार्य गर्दै यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी सहकारीका शाखा प्रमुख पुश्कल धमालाले जानकारी दिनुभएको छ ।



