लागुऔषध कारोबारमा संग्लन्न भारतिय नागारीक ९० केजी गाँजासहित पक्राउ

file photo

मकवानपुर । मकावनपुरमा ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलिलाइ प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मनहरका अनुसार मकवानपुरको मनहरी गाउँपालिका-६स्थित पुर्वपश्चिम लोकमार्ग सडकखण्डमा चितवनतर्फबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेक जाँच गर्दा क्याबिनमा गाँजासहित आलीलाइ पक्राउ गरेको हो ।
लागुऔषध गाँजा, ट्रकसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।