
सुर्खेत, २०८३ (जुलाई ५)
"स्वास्थ्यका लागि खेलकुद, राष्ट्का लागि खेलकुद" भन्ने मूल नाराका साथ सुर्खेतमा पहिलो कर्णाली खुल्ला राष्ट्रिय कराते प्रतियोगिता २०२६ सुरु भएको छ। नेपाल गोजु-र्यु कराते-डो संघ र राष्ट्रिय गोजु-र्यु कराते-डो संघको संयुक्त आयोजनामा यो प्रतियोगिता सञ्चालन भइरहेको हो।
आज जुलाई ५ र ६ सम्म चल्ने यस प्रतियोगितालाई सफल बनाउन आयोजक समितिका अध्यक्ष प्रकाश खड्का ले मुख्य नेतृत्व गरिरहनुभएको छ। कर्णाली प्रदेशमा कराते खेलको विकास र खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताको व्यवस्थापन र संयोजनमा अध्यक्ष खड्का सक्रियताका साथ खटिनुभएको छ।
प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारी ले गर्नुभएको हो।
देशभरका कराते खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगिताले कर्णालीको खेलकुदलाई नयाँ उचाइ दिने विश्वास आयोजक समितिले लिएको छ।



