
काठमाडौँ । फिफा विश्वकप फुटबलबाट नेदरल्यान्ड्स बाहिरिएपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले राजीनामा दिएका छन् ।यससँगै नेदरल्यान्ड्सको राष्ट्रिय टोलीसँग उनको दोस्रो कार्यकाल पनि समाप्त भएको छ । ६३ वर्षीय कोम्यानले आफ्नो वर्तमान सम्झौता सकिएपछि जिम्मेवारीमा नबस्ने निर्णयबारे नेदरल्यान्ड्स फुटबल सङ्घलाई जानकारी गराएका हुन् ।
उनको राजीनामाको घोषणा नेदरल्यान्ड्स विश्वकपको अन्तिम ३२ बाट बाहिरिएको केही घण्टापछि आएको हो । नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । उपाधि जित्ने अपेक्षामा रहेको टोलीको यात्रा प्रारम्भिक नकआउट चरणमै टुंगिएपछि कोम्यानले पद छाड्ने निर्णय गरेका हुन् ।



