
दैलेख — कर्णालीका प्रतिभाशाली तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी प्रबिन बयक लाई खेलकुदमार्फत गाउँपालिका र कर्णाली प्रदेशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै महाबु गाउँपालिका, दैलेख ले नगद रु ५०,००० सहित सम्मान गरेको छ।
सानैदेखि कडा मेहनत, अनुशासन र लगनशीलताका साथ तेक्वान्दो खेलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका बयक युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन्। खेलप्रतिको समर्पण र उत्कृष्ट उपलब्धिले गाउँपालिका मात्र नभई समग्र कर्णाली प्रदेशकै गौरव बढाएको उल्लेख गर्दै गाउँपालिकाले सम्मान–पत्रसहित नगद पुरस्कार प्रदान गरेको हो।
यस सम्मानले खेलाडी बयकलाई आगामी दिनमा अझ उत्साहका साथ देश र प्रदेशको नाम उच्च बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ। उहाँलाई प्राप्त भएको यस महत्वपूर्ण सम्मानका लागि हार्दिक बधाई तथा आगामी खेल यात्रा अझ सफल र उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। शिर्षक मात्रै परिवर्तन गर



