भोलि आइतबार देशभर सार्वजनिक बिदा

काठमाण्डाै | भोलि आइतबार २७ गते रामनवमीको दिन सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।