
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट अघि बढ्ने बताएका छन् । शुक्रबार पार्टीको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा उनले थुप्रै कुरामा नवीकृत भएर अघि बढ्ने बताए ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट अघि बढ्ने बताएका छन् । शुक्रबार पार्टीको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा उनले थुप्रै कुरामा नवीकृत भएर अघि बढ्ने बताए ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशको विकास निर्माणको अवस्था बुझ्न स्थलगत अनुगमन थालेका छन्। कर्णाली करिडोरको निरीक्षण गर्दै मन्त्री लम्साल शनिबार पैदल मार्ग हुँदै कालीकोट पुगेका हुन्। यस भ्रमणका क्रममा उनले सुर्खेत, दैलेख, कालीकोट, मुगु, जुम्ला र हुम्ला क्षेत्रका सडक पूर्वाधारको अवस्था, चुनौती र स्थानीयको जनअपेक्षाबारे प्रत्यक्ष जानकारी लिएका छन्। सांसद रमेश सापकोटाका अनुसार मन्त्री लम्सालले कर्णाली राजमार्ग र करिडोरको वर्तमान स्थितिबारे गम्भीर छलफल गर्दै प्रदेशको समग्र पूर्वाधार विकासलाई तीव्रता दिने विषयमा चासो देखाएका छन्। लामो समयदेखि कर्णालीको विकासमा सडक सञ्जालको सहज पहुँच मुख्य चुनौतीका रूपमा रहँदै आएकोमा मन्त्रीको यो प्रत्यक्ष स्थलगत अनुगमनलाई स्थानीयले विशेष चासोका साथ हेरेका छन्।

दिलिप कडेंल, सुर्खेत। चौकुने गाउँपालिका–८ विशालबजारस्थित पौडेल फेन्सी पसलका सञ्चालक डिल्लीराम पौडेल र दुर्गा कुमारी घिमिरे (पौडेल) ले श्री सिद्धेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत अनाथ तथा अभिभावकविहीन बालबालिकालाई वडा न ७ का वडा अध्यक्ष धनिराम धमाला र सिद्धेश्र्वरी वाल गृहका व्यवस्थापक देवानन्द धमालाको रोहवरमा कपडा वितरण गर्नु भएको छ । विद्यालयको प्राङ्गणमा गई उहाँहरूले विद्यार्थीहरूलाई आवश्यक कपडा हस्तान्तरण गर्दै आर्थिक अवस्था कमजोर तथा अभिभावकको संरक्षणबाट वञ्चित बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले यो सहयोग गरिएको बताउनु भएको छ एउटा सानो सहयोगले पनि बालबालिकामा आत्मविश्वास बढ्ने र पढाइप्रति थप उत्साह मिल्ने विश्वास व्यक्त गर्नु भयो । विद्यालय प्रशासनले पौडेल दम्पतीको सामाजिक सेवामूलक कार्यको प्रशंसा गर्दै समुदायका अन्य व्यक्ति तथा व्यवसायीलाई पनि यस्ता मानवीय कार्यमा जोडिन आग्रह गरेको छ। विद्यालयका अनुसार यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउन र उनीहरूको शैक्षिक यात्रालाई सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने गर्दछ। कपडा प्राप्त गरेका विद्यार्थीहरूले सहयोगप्रति खुशी व्यक्त गर्दै आफूहरूलाई सम्झेर सहयोग गरेकोमा पौडेल दम्पतीप्रति आभार व्यक्त गरेका छन्। विद्यालयमा अध्ययनरत अनाथ तथा असहाय विद्यार्थीका लागि प्राप्त भएको यो सहयोगले उनीहरूको दैनिक आवश्यकतामा समेत राहत पुगेको विद्यालयले जनाएको छ। सामाजिक सेवामा सक्रिय पौडेल दम्पतीले आगामी दिनमा पनि शिक्षा, बालबालिका तथा विपन्न समुदायको हितमा यस्ता सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । स्थानीय स्तरमा व्यवसाय सञ्चालन गर्दै आएका उहाँहरूले व्यापारसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने दायित्व सबैको भएको उल्लेख गर्नु भयो । समाजमा रहेका आर्थिक रूपमा सक्षम व्यक्ति तथा व्यवसायीहरूले यस्ता सामाजिक अभियानमा सहभागी हुँदा विपन्न र असहाय वर्गका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरिएको छ। यस सहयोगलाई समुदायमा सामाजिक सद्भाव, मानवीय भावना र सहयोगको संस्कृतिलाई थप मजबुत बनाउने प्रेरणादायी उदाहरणका रूपमा समेत हेरिएको छ।

सरकारले साउन १ गतेदेखि निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू गरेको छ। आर्थिक ऐन, २०८३ मार्फत लागू गरिएको यो व्यवस्थाअनुसार निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला तथा निजी मेडिकल कलेजले उपचार सेवा लिएबापत बिरामीबाट ३ प्रतिशत अतिरिक्त शुल्क असुल गरी सरकारलाई बुझाउनुपर्नेछ।