![बालेन सरकारका सय दिन : ८९ हजार मेट्रिकटन मल वितरणदेखि घरदैलोमा राहदानीसम्म [पूर्णपाठ] - Photo 1](/media/News/2026/07/04/बालेन-सरकारका-सय-दिन-८९-हजार-मेट्रिकटन-मल-वितरणदेखि-घरदैलोमा-राहदानीसम्म-पूर्णपा-1ajur5.webp)
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका उपलब्धि सार्वजनिक गरे ।
मन्त्री पोखरेलले विभिन्न क्षेत्रका नीति, कार्यक्रम र कार्यान्वयनको प्रगतिबारे जानकारी दिए ।
उनका अनुसार यस अवधिमा सरकारले ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको भने राहदानी घरदैलोमा पुर्याउने कार्यको थालनी गरेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सो परिमाणको अनुदानित रासायनिक मल बिक्री वितरण गरिएको मन्त्री पोखरेलले जानकारी दिए ।
मन्त्री पोखरेलका अनुसार २०८२ चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट ५३ हजार ७१६ दशमलव ४५ मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पोरेसनबाट ३५ हजार ४७८ दशमलव १० मेट्रिकटन अनुदानित रासायनिक मल बिक्री वितरण गरिएको छ ।



