
दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई असफल बनाउन र यो सरकार वर्ष दिन पनि चल्न नदिन चौतर्फी षड्यन्त्रहरू सुरु भएका छन् । संसदमा विपक्षी कमजोर रहेकाले राजनीतिक र संवैधानिक बाटोबाट सरकार ढाल्न सक्ने अवस्था छैन । तर नेपाली कांग्रेस, नेकपा एमाले जस्ता पुराना दलहरू राज्ययन्त्रमा रहेको आफ्नो पुरानै संयन्त्र प्रयोग गरी सरकारलाई असफल बनाउने खेलमा लागेका हुन् । केही घटनाहरूमा बालेन सरकारलाई नराम्रोसँग झट्का दिन उनीहरू सफल पनि भएका छन् ।



