
सुर्खेत, २० श्रावण — कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले मंगलबार सपथ ग्रहण गरेका छन्। महासंघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको हो।
महासंघको अध्यक्षमा मानव बम चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा तुलराज शाही, सचिवमा नवीनकुमार थापा, कोषाध्यक्षमा मनोजकुमार सिंह र सहकोषाध्यक्षमा शिमिला खड्का सर्वसम्मत चयन भएका छन्।
यस्तै कार्यसमिति सदस्यहरूमा मनबहादुर चँदारा, ठानबहादुर भण्डारी, रतनबहादुर शाही, खड्गबहादुर शाही र ध्वजबहादुर शाही चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारीहरूले सपथ ग्रहणसँगै निर्माण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता सुदृढीकरण तथा कर्णाली प्रदेशको पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



