
दाङ, साउन ११ — नेकपा (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा निधन भएको छ।
८० वर्षीय बस्नेत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। उनी दाङको कम्युनिस्ट आन्दोलनका अग्रणी नेताका रूपमा परिचित थिए र पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका थिए।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमालेको तुलसीपुरस्थित पार्टी कार्यालयमा राखिएको छ। आजै शीतलपुरस्थित बबई नदी घाटमा अन्त्येष्टि गरिने एमाले दाङले जनाएको छ।



