
नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ। बिहीबार महोत्तरीको गौशालाबाट पक्राउ परेका महतोलाई आज जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएपछि अदालतको आदेशानुसार जलेश्वर कारागार पठाइएको छ। यो कारबाही दोस्रो मधेश आन्दोलनका क्रममा भएको सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणसँग जोडिएको छ।
यसअघि महोत्तरी जिल्ला अदालतले उनलाई सफाइ दिएको भए पनि उच्च अदालत जनकपुरले बुधबारको फैसलामार्फत उनलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो। उच्च अदालतको सोही आदेश कार्यान्वयन गर्दै प्रहरीले महतोलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको हो।



