
सुर्खेत । उज्यालो नेपाल पार्टी कर्णाली प्रदेश समितिको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएपछि सम्बन्धित नेताले पार्टी नेतृत्व, पार्टी पंक्ति, अगुवा कार्यकर्ता तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
भदौ ५ गते बसेको उज्यालो नेपाल पार्टी कर्णाली प्रदेश सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको भन्दै उनले उक्त पदलाई सम्मानसँगै जनताको आवाज बन्ने, संगठनलाई बलियो बनाउने र परिवर्तनको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारीका रूपमा लिएको बताएका छन्।
पार्टीले आफूलाई दिएको विश्वासलाई आत्मसात् गर्दै इमानदारी, निष्ठा र प्रतिबद्धताका साथ संगठन निर्माण तथा जनसेवामा निरन्तर खटिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।



