
काठमाडौं, ३२ असार — नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको मूल्यमा हुने उतारचढावका आधारमा नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।



