भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, रेनु दाहालको अग्रता कायम

भरतपुर-
भरतपुर महानगरपालिकामा हालसम्म १ लाख १३ हजार ७७७ मत गणना भएको छ । महानगरमा १ लाख २७ हजार ८३९ मत खसेकोमा १४ हजार ६२ मत गन्न बाँकी रहँदा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राखेकी छिन् । रेनु दाहाल एमालेका विजय सुवेदी भन्दा १० हजार ८९७ मतान्तरले अघि रहेकी छिन् ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ४६ हजार ९१३ मत ल्याएर अग्रता कायम राखेका छन् । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले २७ हजार ५५५ मत ल्याएर पछि परेकी छिन् ।

भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ । अहिले वडा नं २५ र २६ को मतगणना जारी छ ।