वीरेन्द्रनगरमा एक महिलाको सडेको शव फेला

सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको सडेको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका-१, को गुनापालि जंगलको सुख्खा खोलामा उक्त शव परेको होे । शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ । गुलाबी रंग को कुर्ता र कपालले महिला भन्ने चिनिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी एवम उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार ‘स्थानीय महिलाहरू घाँस काट्न गएको बेला फेला पारेर हामीलाई खबर गरेका थिए ।’ शवको कति वर्ष उमेर समूहको हो वा कसको हो भन्ने पहिचान गर्न सकिने अवस्था छैन ।’ घटनाको अनुसन्धान जारी रहेको छ ।