लामो समय सम्म खोकी लाग्दा कुन कुन रोगका संकेतहरु देखिन्छ हेर्नुहोस

मौसमी रुघाखोकी प्राय मानिसहरुलाई लागि रहन्छ । तर कतिपय अवस्थाका मानिसलाई निकै लामो समयसम्म रुघाखोकी सन्चो नै हुन्न । यो तपाई हामीले थाहा पाएकै कुरा हो । लामो समयसम्म लाग्ने खोकी अन्य संक्रमणका कारण तथा खतरनाक रोकका लक्षण हने गर्छन । विशेषज्ञका अनुसार यदि तपाईंको खोकी तीन हप्तामा पनि निको भएन भने डाक्टरसँग अवश्य सम्पर्क गर्नुहोस ।
लामो समय लागिरहने खोकीले शरीरमा अन्य गम्भीर समस्याहरु सिर्जना गर्न सक्छ
फोक्सोमा नै संक्रमण हुँदा लामो समयसम्म खोकी लागिरहने गर्छ । फोक्सोको संक्रमण धेरै फैलियो भने शरीरमा अरु नोक्सानहरु हुन सक्छ ।
निमोनियाले पीडित व्यक्तिलाई पनि लामो समय खोकीको समस्या हुन सक्छ । यस्ता व्यक्तिलाई लामो समयसम्म खकारसहितको खोकी लागिरहने गर्छ ।
लामो समय खोकी लागिरहँदा दमको समस्या भएको पनि हुन सक्छ । दम भएको अवस्थामा स्वासप्रस्वास नलीमा संक्रमण हुने गर्छ जसले विमारीलाई अलिकति पनि चिसो भयो भने खोकी लागिहाल्ने गर्छ ।
त्यस्तै साइनसले नाक बन्द हुने गर्छ जसले गर्दा खकार बन्न थाल्छ । जसले गर्दा खोकीको समस्या लामो समय हुने गर्छ ।
त्यस्तै यदी मानिसलाई टिबी भयो भने पनि खोकी लाग्ने समस्या हुन्छ । कमजोर शरीर तथा खोकी लागिरहने हुन्छ भने टिबीको समस्या भएको हुन सक्छ । यस्तो अवस्थामा डाक्टरलाई देखाउनु नै बुद्धिमानी हुन्छ ।