
सल्यानमा शनिबार बिहान ८ बजे बोलेरो जिप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् । त्रिवेणी गाउँपालिका ५ सिम्खबाट लुहाम हुँदै तुलसीपुर जाँदै गरेको लु प्र ०२००१ ज ०००५ नम्बरको बोलेरो जिप सिम्खमा दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार गम्भीर घाइते हुनेमा त्रिवेणी गाउँपालिका ५ सिम्खका वर्ष २९ का तारक बोहरा,२४ का भूपाल पुन, ५० का डिल्लीबहादुर वली, ४२ की लालमती बुढाथोकी र अन्य दुई जना रहेका छन् । दुई जनाको नाम खुलेको छैन ।
सबैको उ$fर गरेर लुहाम पठाइएकोमा दुईजनालाई जिल्ला अस्पताल सल्यान ल्याएको, तीन जनालाई लुहामको पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारको लागि दाङ लागिएको र एकजनाको लुहामको पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरी निरीक्षक भट्टराईले जानकारी गराए ।
जिप अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जिप सडकदेखि २ सय मिटर तल खसेको छ । जीपमा चालकसहित ६ जना सवार थिए ।



