
बाँके । जेन–जी आन्दोलनका क्रममा बाँकेका दुई बालसुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट फरार भएका ३४० कैदी तथा बालबन्दीमध्ये १७१ जना पक्राउ परेका छन्। गत वर्ष भदौ २३ र २४ गते राति फरार भएकामध्ये अझै १६९ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
जयन्दु बालसुधारगृहबाट फरार ११५ जनामध्ये ६८, नौबस्ता बालसुधारगृहबाट फरार ७८ जनामध्ये ४७ र नौबस्ता क्षेत्रीय कारागारबाट फरार १४७ जनामध्ये ५६ जना पक्राउ परेका छन्। बाँकी फरार रहेकाको खोजी कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ।



