
कैलाली । कैलालीका विभिन्न स्थानबाट भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएका करिब ७५ हजार ८ सय रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट शुक्रबार खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका चिनी, चना, पानीपुरी, प्लास्टिक झिल्ली लगायतका सामान फेला पारेको हो।
प्रहरीका अनुसार बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ।



