सामुदायिक बन उपभोक्ता नगर महासंघ गुर्भाकोटको अध्यक्षमा जय बहादुर खत्री

चैत १४, सुर्खेत | गुर्भाकोट नगरपालिकामा सम्पन्न सामुदायिक बन उपभोक्ता नगर महासंघको भेलाले जय बहादुर खत्रीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ। यस्तै उपाध्यक्ष,कुमारी बुढा , सचिब तिलासरा बिक, कार्यवाहक सचिब चन्द्र प्रकाश रोकाय, कोषाध्यक्ष पूर्ण बहादुर नागाल लगायत सदस्यहरु चयन भएका छन् । यस्तै महासंघको अधिबेशन बाट जिल्ला प्रतिनिधि (पुरुष तर्फ ) चन्द्र प्रकाश […]

निर्माण व्यवसायी संघ कर्णालीको अध्यक्षमा विसी चयन

चैत १४, सुर्खेत | कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको चौँथो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभाले कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा यामबहादुर विसी निर्विरोध चयन गरेको हो । विगत लामो समयदेखि कर्णालीमा निर्माण व्यवसाय गदै आएका विसी निर्विरोध रूपमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विवशकुमार बस्नेतले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष विसीले […]

घाँस काट्ने क्रममा भिरबाट लडेर कालिकोटमा एक महिलाको मृत्यु

चैत १४, सुर्खेत । घाँस काट्ने क्रममा भिरबाट लडेर कालिकोटमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरीनाथ गाउँपालिका-४ खाती रुप्साकी अन्दाजी ५६ वर्षीया दिलादेवी सहकारी रहेकी छन । दिलादेवीको घाँस काट्ने क्रममा काफ्लेखोला भिरबाट लडेर मृत्यु भएको जिल्ला ईलाका प्रहरी कार्यालय कुमालगाउँ कालिकोटले जानकारी दिएको छ । प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको प्रहरी […]

प्रधानमन्त्री विरूद्ध नाराबाजी गर्दा जेल परेका युवा धरौटीमा रिहा

चैत १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरूद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परी थुनामा रहेका तीनजना धरौटीमा रिहा भएका छन् । बझाङका १८ वर्षीय विप्लव खड्का, बाग्लुङका सोम शर्मा र सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत सोमबार कारागार चलान भएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ५ हजार रुपैयाँ धरौटी बुझाएर उनीहरू रिहा भएको जिल्ला […]

जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा भ्रष्टाचार विरुद्ध मौन धर्ना

सुर्खेत , चैत १४ गते । जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा भ्रष्टाचार विरुद्ध मौन धर्ना गरिएको छ । जिल्लामा हुने गरेका अनियमितता, ढिलासुस्ती, घुसखोरी र भ्रष्टाचारविरुद्ध जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बास नेपाल सुर्खेत शाखाले मौन धर्ना दिएको थियो । बास नेपाल सुर्खेत शाखाको आयोजनामा मंगलबार ज्ञापन पत्र साथै धर्ना दिने कार्य भएको हो । आज देश […]

बराहातालको हुर्के-जामु कुईने सडकखण्ड कालोपत्रे गर्न टेन्डर आह्वान

चैत, १४ सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका अन्तर्गत पर्ने हुर्के, भेरी, माझघाट, चेपाङ्ग, जामु सडक खण्ड कालोपत्रे गर्न टेन्डर आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कर्णाली प्रदेशले हुर्के, जामु, कुईने कच्चि सडक खण्ड कालो पत्रे गर्न ठेक्का आह्वान गरेको हो । केन्द्र सरकार र कर्णाली प्रदेश सरकारको करिव १ अर्ब समपूरक बजेटमा […]

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल खेलमा आज नेपालले भुटानसँग प्रतिस्प्रधा गर्दै

चैत १४, काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल अन्तर्गत खेलमा नेपालले आज भुटानसँग प्रतिस्प्रधा गर्दैछ । काठमाडौको दशरथ रंगशालामा साँझ ६ बजे देखि हुने यो खेल लिग चरणको अन्तिम खेल हो । यस अघि नेपालले लाओसलाई २-० ले पराजित गरेको थियो भने भुटान लाओससंग २-१ ले हारेको थियो ।

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको टेनिसीस्थित नाश्भिल सहरको एउटा विद्यालयमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये ३ जना बालबालिका र अरू ३ जना कर्मचारी रहेका छन् । प्रहरीका अनुसार आक्रमणकारीको नाम अड्री हेल हो र उनी ट्रान्सजेन्डर हुन् । घटना स्थलमा प्रहरी पुग्दा हेलले विद्यालयको दोस्रो तलाबाट गोली प्रहार गरिरहेका […]

धर्मकाठा बिनाको राजनीति

निडर चाणक्य । हाम्रो देशमा राजनीति गर्ने पार्टीहरु धर्मकाठा बिनाको दौराहानमा छन् । राजनीतिमा नैतिकता छैन । हुन त राजनीति सम्भावनाको खेल हो भन्छन् । सम्भावनाको खेल हो भन्दै गर्दा राजनीतिमा बिकृती बिसङ्गती मौलाउदो छ । आम चिन्ताको बिषय पनि बन्यो राजनीति उदेश्य भनेको देश जनता र समाजको सेवा गर्नु हो । सेवाको अर्थ राष्टको […]

सत्यनारायणको पूजाको प्रसाद खाँदा सल्यानमा एकै गाउँका २ सय जना बिरामी

चैत १४, सल्यान । सल्यानमा पूजाको प्रसाद खाँदा एकै गाउँका २ सय जना बिरामी परेका छन । सल्यान बाग्चौर नगरपालिका-५ धारापानीस्थित बाहुनठानामा प्रेमबहादुर खत्रीको घरमा लगाइएको सत्यनारायणको पूजाको प्रसाद खाँदा झन्डै २ सय जना बिरामी भएका हुन् । प्रसाद खादा ‘फुड प्वाइजन’ भएको स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी भुवन पुनले बताए । बिरामीलाई झाडापखाला लाग्ने, पेट […]