निर्माण व्यवसायी संघ कर्णालीको अध्यक्षमा विसी चयन

चैत १४, सुर्खेत | कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको चौँथो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभाले कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा यामबहादुर विसी निर्विरोध चयन गरेको हो ।

विगत लामो समयदेखि कर्णालीमा निर्माण व्यवसाय गदै आएका विसी निर्विरोध रूपमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विवशकुमार बस्नेतले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष विसीले नयाँ कार्यसमितिले कर्णालीमा रहेका सम्प‍ूर्ण निर्माण व्यवसायीहरूको हक‍हितमा काम गर्ने बताए । उनले विशेष गरेर कर्णाली विकासका लागि सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

यस्तै संघको साधारण सभाबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुमा वरिष्ठ उपाध्याक्षमा भक्तिप्रसाद न्यौपाने, उपाध्याक्षमा राजबहादुर बस्नेत, महासचिव मानव बम, सचिवमा भरतकुमार डाँगी, कोषाध्यक्षमा प्रदीप खड्का, सहकोषाध्यक्षमा शिमिला खड्का खुल्ला सदस्यहरूमा: नवीनकुमार थापा, राजेन्द्रकुमार थापा, सूर्यबहादुर खत्री, खिमबहादुर बुढा, ङीमा छिरिङ् बुढा र पिछडिएको क्षेत्र सदस्यमा तुलाराज शाही, महिला सदस्यमा कुमारी शाही रहेका छन् ।

साधारणसभा शनिबारदेखि तीन दिनसम्म सञ्चालन भएको थियो ।