सामुदायिक बन उपभोक्ता नगर महासंघ गुर्भाकोटको अध्यक्षमा जय बहादुर खत्री

चैत १४, सुर्खेत | गुर्भाकोट नगरपालिकामा सम्पन्न सामुदायिक बन उपभोक्ता नगर महासंघको भेलाले जय बहादुर खत्रीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ। यस्तै उपाध्यक्ष,कुमारी बुढा , सचिब तिलासरा बिक, कार्यवाहक सचिब चन्द्र प्रकाश रोकाय, कोषाध्यक्ष पूर्ण बहादुर नागाल लगायत सदस्यहरु चयन भएका छन् ।

यस्तै महासंघको अधिबेशन बाट जिल्ला प्रतिनिधि (पुरुष तर्फ ) चन्द्र प्रकाश रोकाय र जय बहादुर खत्री तथा (महिला तर्फ) प्रभा थापा र तिलसरा थापा चयन भएका छन्। महासंघको अधिबेशन बाट प्रदेश प्रतिनिधि (पुरुष तर्फ ) टोप नारायण गैरे र दिपेन्द्र खत्री तथा (महिला तर्फ) धनकला डाँगी र खिमसरा खड्का चयन भएका हुन् भने न्यायिक समिति संयोजक तर्फ गोबिन्द नगाल क्षेत्री चयन भएका छन्।

सामुदायिक बन उपभोक्ता नगर महासंघ गुर्भाकोटको आयोजना तथा सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ सुर्खेतको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। गुर्भाकोट नगरपालिका ८ सिटि हलमा बिहान ११ बजे पछि सुरु भएको कार्यक्रम साँझ करिब ६ बजे सम्म चलेको थियो। गुर्भाकोट नगरपालिका भित्रका ४५ वटा सामुदायिक बन मध्ये हाल २५ वटा सामुदायिक बन मात्र सक्रिय रहेको र २० वटा सामुदायिक बनलाई अब संचालनमा ल्याउन पहल गर्ने नब निएवाचित अध्यक्ष जय बहादुर खत्रीले जानकारी दिनु भयो।

कार्यक्रममा २५ वटा सामुदायिक बनका अध्यक्ष सचिब तथा सदस्यको उपस्थिति रहेको थियो। नब निएवाचित अध्यक्ष खत्री यस अघि गुर्भाकोट नगरपालिका १० को भेरी सामुदायिक बन गुर्भाकोट १० को सचिब समेत हुनु हुन्थ्यो।