बराहातालको हुर्के-जामु कुईने सडकखण्ड कालोपत्रे गर्न टेन्डर आह्वान

चैत, १४ सुर्खेत सुर्खेतको बराहताल गाउँपालिका अन्तर्गत पर्ने हुर्के, भेरी, माझघाट, चेपाङ्ग, जामु सडक खण्ड कालोपत्रे गर्न टेन्डर आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कर्णाली प्रदेशले हुर्के, जामु, कुईने कच्चि सडक खण्ड कालो पत्रे गर्न ठेक्का आह्वान गरेको हो ।

केन्द्र सरकार र कर्णाली प्रदेश सरकारको करिव १ अर्ब समपूरक बजेटमा ठेक्का आह्वान गरिएको पुर्वधार विकास निर्देशनालयका कार्यकारी निर्देशक रामचरण आचार्यले लाईका खबरलाई बताए । हुर्के-व्युरेनि, माझघाट, चेपाङ, जामु सडकखण्ड करिव १६.७ कि.मि. कालोपत्रे हुने आचार्यले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कर्णाली प्रदेशको टेन्डर आह्वान सुचना प्रकाशित भएको मितिदेखि अन्तिम म्याद एक महिनाको रहेको छ ।