धर्मकाठा बिनाको राजनीति

निडर चाणक्य । हाम्रो देशमा राजनीति गर्ने पार्टीहरु धर्मकाठा बिनाको दौराहानमा छन् । राजनीतिमा नैतिकता छैन । हुन त राजनीति सम्भावनाको खेल हो भन्छन् । सम्भावनाको खेल हो भन्दै गर्दा राजनीतिमा बिकृती बिसङ्गती मौलाउदो छ । आम चिन्ताको बिषय पनि बन्यो राजनीति उदेश्य भनेको देश जनता र समाजको सेवा गर्नु हो । सेवाको अर्थ राष्टको ढुकुटिमा मोजमस्ती गर्नु होईन । त्यसैले हाम्रो राजनीतिक उदेश्य देश र जनसमुदायहरुको जीवन स्तर बदल्नु हो । प्रत्येक पार्टिहरुका आ–आफ्ना विधि बिधान छन् । निति निर्माता नभएको होईन । रणनीतिक उदेश्य र कार्यनितिक योजना पनि छन् । यसकै आधारमा नीति तथा कार्यक्रम निर्धारण गरिन्छ । स्थानीय निर्वाचन वा आम निर्वाचनका घोषणा-प्रत्र होस् वा प्रतिबद्वता-प्रत्र छ्न्, नेताहरु छन्, नेतृत्वहरु छन्त, तर राजनीतिक रुपमा धर्मकाठा छैन् । धर्मकाठा बिनाको राजनीति लगाम बिनाको घोडा जस्तै हो ।

पार्टीहरुको धर्मकाठा भनेको रणनीतिक उदेश्य प्राप्त गर्न कार्यनीतिक योजना विधिबिधानको आधारमा अगाडि बड्नु हो । पार्टी विधिबिधान पार्टी जिबनको मुटु हो । विधि बिधानको आधारमा देशमा हुने स्थानिय, प्रदेश र संघको निर्वाचनमा आ–आफ्ना घोषणा पत्र तथा प्रतिबद्धता पत्र सार्बजानिक गरिन्छ । कार्यन्वायन गर्ने प्रतिबद्धता गरिन्छ । कार्यन्वायन भए नभएको साक्षी मतदाता अर्थात समुदायहरु हो । निर्वाचन बेला गाउँ-गाउँ बस्ती बस्तिमा हात जोड्दै मतदातालाई ढोक्दै भोट माग्दै कति नम्रताको बोली हुन्छ । जिति सकेपछी ढाडे बिरालो बनेर डकार छोड्ने गरेको सत्य साबित भएको छ ।

आजसम्म फरक फरक राष्ट्रिय राजनीतिक दुष्टिकोणका आधारमा फरक खिचडी पाग्नु सोभाविक हुन्छ । लोकतान्त्रिक शक्ति र क्रान्तिकारी शक्ति बिचको खिचातानी छ । लोकतान्त्रिक शक्तिको नेतृत्व नेपाली कांग्रेस गरेको छ । पुरातणबादिको नेतृत्व राजाबादी शक्ति र केही कम्युनिष्ट भन्नेहरुले गरेका छ्न् । क्रान्तिकारीहरुको नेतृत्व माओबादी शक्तिले गरेको छ । कम्युनिष्ट क्रान्तिकारी भनाउँदा दर्जनौ पार्टी छन् । सबैभन्दा स्वार्थी छन् । एकले अर्कालाई खुइल्याउने, गुट बनाउने, टुट्ने र फुट्ने माहामारी रोग लागेको छ । बिचार सिदान्तमा सामान देखिएता पनि आ–आफ्नै स्वार्थमा तल्लिन छन् । अब सबै स्वार्थ त्यागी क्रान्तिकारी कम्युनिष्टहरु महा एकतामा जुट्नु पर्छ । मार्क्सवादी धर्मकाठामा बाधिनु राजनीति धर्मकाठा होला । धर्मकाठा बिनाको राजनीति गर्ने नेताहरुको बुद्वि बङ्गारो आउने कहिले हो ?

देश बिदेशिको ऋणमा डुबेको छ । प्रत्येक नगरिकको शिरमाथी ऋण भारी छ । ऋण लिएर ढाडे बिरालाहरू पाल्नु र उपचार गर्नु ठिकै छ । कति पाल्ने अब कुन आउँछ यो देशको रिण तिर्छु देश र नागरिकलाई बिदेशी ऋण बाट मुक्त गर्छु भन्ने चेहेरा छ भन्नेमा पटकै विस्वास छैन् गर्नेलाई पनि गर्न दिदैन्न आफू पनि गर्दैन्न त्यसैलेत राजनीतिमा धर्मकाठा छैन अब युबाहरु जुट्नुको बिकल्प छैन । केहि युबा नेताहरुले नगरेको भने होईन गरे हुन्छ भन्ने पुष्टि गरि सक्नु भयको छ । । प्रत्येक नेताहरु गाउँघरको आटो, पिठो, सिस्नु खोले खाएको गाउँ बस्तिबाट जन्मेको नेता हो । त्यही बस्तिबाट काठमाडौ झरेको होइनन् र ! हाम्रो समाज सामाजिक धर्मकाठामा बाँधिएको छ । यहि बस्तिमा जन्मिनु भयो, हुर्किनु भयो, खाली खुटा हिड्नु भयो, समाज देख्नु भएकै छ । बुझ्नु भएको छ । समाज माना, पाथी, तुलो, ढक र तराजुमा बिस्वास गर्छ । यसरी समाज बन्धनमा बाँधिएको छ । यतिमात्र संस्कार आत्मसाथ गरौ ! हाम्रो देशका नेता गणहरु विधि बिधानमा बाँधिनुहोस्।