
चैत १४, सुर्खेत । घाँस काट्ने क्रममा भिरबाट लडेर कालिकोटमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरीनाथ गाउँपालिका-४ खाती रुप्साकी अन्दाजी ५६ वर्षीया दिलादेवी सहकारी रहेकी छन ।

दिलादेवीको घाँस काट्ने क्रममा काफ्लेखोला भिरबाट लडेर मृत्यु भएको जिल्ला ईलाका प्रहरी कार्यालय कुमालगाउँ कालिकोटले जानकारी दिएको छ ।
प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
